साउदी राजकुमारी तीन वर्षपछि रि’हा

रिहयाद- साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रि’हा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थु’नामा राखेको थियो ।

उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् ।उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण का’रागार

राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् । उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जे’ल च’लान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा स’मस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।

आफ्नो स्वास्थ्यमा थप स’मस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बा’स्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रि’हाईका लागि अनुरोध गरेकी थिइन् ।एजेन्सी