ध्वनी प्रदूषण गर्ने मोटरसाइकलको साइलेन्सर हटाउँदै प्रहरी !

२५ पुष २०७८, आईतवार काठमान्डौ- जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सडकमा अत्याधिक ध्वनी प्रदुषणसहित कुदाउने गरिएका मोटरसाइकलवि’रुद्धको का’रबाही तीव्र पारेको छ ।

स्वरुप परिवर्तन (मोडिफाई) गरेर ठूलो आवाजसहित सडकमा पड्कँदै कुद्ने यस्ता मोटरसाइकल धमाधम कारबाहीमा पर्न थालेका हुन् ।कम्पनीको साइलेन्सर पाइप हटाएर ‘मोडिफाई’ गर्दै कुदाइने बुलेटले ध्वनी प्रदूषण गरेर आ’तंक सिर्जना गर्न थालेपछि नियन्त्रणमा लिन

थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक वकिल सिंहले जानकारी दिए ।मोटरसाइकलमा सवार ३२ जना व्यक्तिलाई नियन्त्रणमा लिएर सम्झाई-बुझाई गरी कम्पनीकै सा’इलेन्सर प्रयोग गर्न लगाइएको उनले बताए । कम्पनीको सा’इलेन्सर परिवर्तन गरेर

ठूलो आवाज बनाई कुदाइने मोटरसाइकलका कारण ध्वनी प्रदूषण बढेको र तीव्र गतिमा कुदाइने गरेका कारण दु’र्घटनाको जो’खिम बढेको गुनासो आउने गरेको थियो ।साथै सवारी साधन मोडिफाई तथा स्वरुप परिवर्तन गरि नचलाउन ट्राफिक प्रहरी कार्यालय कैलालीले अनुरोध गरेको छ ।