५० वर्षदेखि ज’लिरहेको ‘नर्कको ढोका’ बन्द गर्न आदेश

काठमाडौं। तुर्कमेनिस्तानमा विगत ५० वर्षदेखि ज’लिरहेको नर्कको ढोका बन्द गर्न आदेश दिइएको छ । तुर्कमेनिस्तानको कारकुम मरुभूमिमा रहेको यो २२९ फिट फराकिलो र ६६ फिट गहिरो खाल्डो मि’थेन ग्यासको चु’हावटका कारण लगातार ज’लिरहेको छ ।

तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली ब’र्डीमुखामेदोभले अधिकारीहरुलाई आदेश दिँदै यो खाल्डोलाई ब’न्द गर्नको लागि जे पनि प्रयास गर्न सकिन्छ त्यो तत्काल सुरु गर्न भनेका छन् ।राष्ट्रपति गुरबांगुलीले यो खाल्डोका कारण भइरहेको पर्यावरणीय क्षति र आर्थिक नो’क्सानीको ह’वाला दिँदै यसलाई ब’न्द गर्न आदेश दिएका हुन् ।

नर्कको ढोका भनिने यो खाल्डोलाई दरवाजा ग्यास क्रे’टर पनि भनिन्छ । २०१० मा पनि गु’रबांगुलीले विज्ञहरुलाई यो खाल्डो भर्न र यसको आ’गो नि’भाउन निर्देशन दिएका थिए । यो आगो १९७१ देखि लगातार ज’लिरहेको छ । यो ज’लिरहेको नर्कको ढोकाको कहानी निकै रोचक छ ।

तुर्कमेनिस्तानको काराकुम मरुभूमिमा रहेको यो खाल्डोमा विगत ५० वर्षदेखि केवल आगो मात्र देखिँदै आएको छ । यो खाल्डोमा त्यतिबेलादेखि आगो ज’लिरहेको देखिएको छ जब सोभियत संघका वैज्ञानिकहरुले यहाँ भएको ग्यासबारे जान्नको लागि यहाँ उ’त्खनन सुरु गरेका थिए ।

वैज्ञानिकहरुले खन्ने क्रममै खन्ने यन्त्र खाल्डोभित्र ख’स्यो र त्यसपछि खाल्डोबाट मिथेन ग्यास निस्किन सुरु भयो । वैज्ञानिकहरुले मि’थेन ग्यासलाई वातावरणमा फै’लिनबाट रोक्नको लागि त्यहाँ आ’गो ल’गाइदिए ।त्यतिबेला आगो लगाइएदेखि अहिलेसम्म यो खाल्डोमा आ’गो द’न्किरहेको छ ।

यो खाल्डोलाई न’र्कको ढोका पनि भनिन्छ । पछिल्ला केही वर्षयता यसलाई पर्यटनको केन्द्रको रुपमा पनि लिन थालिएको छ । यहाँ मानिसहरु दशकौंदेखि ज’लिरहेको खाल्डो हेर्न जान्छन् । राष्ट्रपति गुरबांगुलीले मानिसको ग’लत ह’र्कतका कारण बनेको यो खाल्डोले वातावरण र मानव स्वास्थ्यमा ख’राब प्र’भाव पारिरहेको बताए ।

यो खाल्डो पु’र्न र आगो नि’भाउन यसअघि पनि प्रयास नभएको होइन तर अहिलेसम्म कोही सफल भएको छैन । नर्कको ढोका भनिने यो खाल्डोको छवि सुधार्न राष्ट्रपति गुरबांगुलीले २०१८ मा यसको नाम ब’दलेर शाइनिङ अफ काराकुम नाम राखिदिएका थिए तर यसबाट कुनै फाइदा भएन ।