सारा अली खान भन्छिन “पापा मलाई असाध्यै माया त गर्नुहुन्छ तर…..?

एजेन्सी : बलिउडकी उदीयमान अभिनेत्री सारा अली खान हालै ‘अतरंगी रे’ मा बिहारी युवतीको भूमिकामा देखिएकी थिइन् । आजकाल उनी इन्दौरमा विक्की कौशलसँग ‘लुका चुप्पी’ फेम लक्ष्मण उत्तेकरको फिल्म सुट गरिरहेकी छिन् ।

त्यो फिल्म लुका चुप्पीको सिक्वेल भएको बताइँदै छ । हालै सारा अली खानले एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा आफ्ना पिता सैफ अली खानबारे पनि कुराकानी गरेकी छिन् ।अतरंगी रे फिल्मले निकै नै प्रशंसा पाएपछि कस्तो महसुस भइरहेको छ भनेर सोधिएको प्रश्नमा उनले भनिन्, ‘यसबारे कस्तो प्रतिक्रिया दिने भनेर मलाई थाहा नै छैन ।

फिल्मपछि मेरा अन्तरवार्ता हुन्छन्, यसबारे मैले आनन्द जी (आनन्द एल राय) सँग पनि यसबारे के बोल्ने भनेर कुरा गरेकी थिएँ । म असाध्यै खुसी छु । हुन त म हाल सुट गरिरहेकी छु, मैले आफ्नो पूरा युनिटसँग ‘अतरंगी रे’ हेरेँ । फिल्म उहाँहरुलाई पनि निकै राम्रो लाग्यो ।’

परिवार र उद्योगबाट कस्ता प्रतिक्रिया पाइरहनुभएको छ भनेर सोधिएको अर्को प्रश्नमा उनले आफ्ना पिता सैफ अली खानको बानीबारे पनि जानकारी दिइन् ।यसबारे कुरा गर्दै उनले भनिन, ‘हुन त सबैले राम्रो कुरा नै भनिरहेका छन् तर मेरा लागि मेरा आमा बुवा नै सबैभन्दा महत्वपूर्ण हुनुहुन्छ ।

ममी त सधैँ भावुक नै हुँदै आउनु भएको छ ।पापा सधैँ जेन्टलम्यान हुनुहुन्छ । उहाँ माया त असाध्यै गर्नुहुन्छ तर भावना व्यक्त गर्न भने थोरै कन्जरभेटिभ हुनुहुन्छ । ’उनी थप्छिन्, ‘तर यसपटक भने गज्जब भयो ।उहाँले फिल्म हेरेर फोन गर्नुभयो । फोनमा उहाँ रोइरहनुभएको थियो ।

हुन त यो स्याडिस्टिक सुनिएला कि छोरीले त बुवालाई रुवाइदिइन्, तर म धन्य छु कि मेरो प्रस्तुतीको असर यति गहिरो थियो । ’आफूले सोसल मिडियामा आइरहेका प्रतिक्रिया हेर्न नपाएपनि यसका स्क्रिनसट आमाले पठाइरहेको र यसलाई नै आफूले स्टोरीमा सेयर गरिरहेको बताइन् ।