न्युयोर्कको अर्पाटमेन्टमा आ’गलागीः ९ बालबालिकासहित कम्तिमा १९ जनाको मृ’त्यु

न्युयोर्क- न्युयोर्कको ब्रोंक्समा भी’षण आ’गलागी हुँदा १९ जनाको मृ’त्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् । मृ’त्यु हुनेमा ९ जना बालबालिकाहरु रहेका छन् ।

अपार्टमेन्ट भवनमा भएको आगलागी आज विहान सुरु भएको थियो ।आ’गलागीमा ६३ जना घा’इते भएका छन् । आ’गलागीपछि ३२ जनालाई अत्यन्तै ग’म्भिर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको थियो ।१९ तलाको उक्त भवनमा लागेको आ’गो नियन्त्रणका लागि २ सयभन्दा बढी अ’ग्नी नियन्त्रकहरु पुगेका थिए ।

दोश्रो र तेश्रो तलाबाट आ’गलागी सुरु भएको र आ’गलागी नियन्त्रणमा आइसकेको न्युयोर्क सिटी फा’यर डिपार्टमेन्टले जनाएको छ ।अपार्टमेन्टको ढोका खुला गरिएपछि धुँ’वा हरेक तलामा फैलिएको थियो । पी’डितहरु हरेक तलाको भर्यांगमा भेटिएका थिए ।कैयनलाई हृ’दयघात भएको थियो ।

मृ’त्यु हुने र बिरामी हुनेहरु अधिकांश धुँवाका कारण भएको जनाइएको छ ।आगलागीपछि ५ वटा फा’यर आलर्म बजेका थिए । ३३३ इस्ट १८१ स्ट्रीट रहेको भवनमा आ’गलागी भएको थियो । विहान ११ बजेभन्दा अगाडि सुरु भएको आ’गलागीपछि प्रहरीले कैयन फोनकलहरु प्राप्त गरेको थियो ।