केपी शर्मा ओली दुईवटा हेलिकोप्टरमार्फत आज संखुवासभा जाँदै

काठमाडौं । आज (सोमबार) नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली संखुवासभा जाँदै छन् । एमाले जिल्ला अधिवेशनलाई उद्घाटन गर्न अध्यक्ष ओली संखुवासभा जान लागेका हुन् ।

आजबाट एमाले संखुवासभाको अधिवेशन खाँदबारी बजारको टुडिखेलमा हुँदै छ । त्यसकाे लागि ओलीसहितका नेताहरू दुईवटा हेलिकोप्टरमार्फत संखुवासभा जान लागेका हुन् । एमाले संखुवासभाको अनुसार अध्यक्ष ओलीसहितका नेता हेलिकोप्टरमार्फत जिल्ला प्रहरी कार्यालयको हेलिप्याडमा ओर्लने छन् ।

ओलीले चीनसँगैका सिमावर्ती जिल्ला संखुवासभा-किमाथाङका नाकासम्मको सडक सञ्जालको अवस्था, अरुण तेस्रो जलविद्युत परियोजना निर्माणको अवस्था लगायतका विकास निर्माणको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।संखुवासभा एमाललेले आज र भोलि आठौं जिल्ला अधिवेसन गर्दैछ ।

अधिवेसनमा एक हजार जनप्रतिनिधि सहित २५ हजार जनाको उपस्थिति रहने आयोजकले जनाएको छ ।अधिवेशनमा नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं संघीय सांसद राजेन्द्र गौतम, पोलिटव्यूरो सदस्य एवं राष्ट्रियसभा बिधायन समितिका सभापति पर्शुराम मेघी गुरुङ, एमाले प्रदेश नम्बर एक अध्यक्ष तुलसीप्रसाद न्यौपाने लगायतका नेताहरुको उपस्थिति रहनेछ ।