तेस्रो लहरको साइरन: भरिन थाले अस्पताल, क’डाइ गर्दै सरकार

काठमाडौं- को’रोना संक्रमणको तेस्रो लहरको ‘साइरन’ बजेको छ । अघिल्लो सोमबार २.६० प्रतिशत रहेको संक्रमणदर त्यसयता निरन्तर उकालो लागेर आइतबार ९.२३ प्रतिशत पुगेको छ ।

एकैदिन ११ सय ६७ जनामा संक्रमण देखिएको छ । यो ८ असोजयताकै सबैभन्दा धेरै हो । संक्रमण तीव्र रूपमा बढ्न थालेपछि को-भि’ड– १९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले १५ माघसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्नेसहित १३ बुँदे सिफारिस सम्बन्धित मन्त्रालयलाई गरेको छ ।

आइतबार बसेको सिसिएमसिसीको बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालय र संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।आधारभूत र माध्यमिक विद्यालयको बिदा वार्षिक बिदामा जोडिनेछ ।

विद्यार्थी र शिक्षकलाई बिदाकै अवधिमा खोप लगाइनेछ । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीसँगै त्यसमाथिका सबै विद्यार्थी र शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।हवाई उडानमा पनि यात्रुको भि’डभाड कम हुने गरी उडान तालिका मिलाउन सिसिएमसिसीले सिफारिस गरेको छ ।

७ माघपछि आन्तरिक हवाई यात्राका लागि खोप कार्ड हुनेले मात्र बोर्डिङ पास पाउनेछन् ।‘स्मार्ट लकडाउन’ गर्ने विषयमा पनि गृहकार्य भएको छ । आवश्यकता अनुसार यसका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ ।आजको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।