नुवाकोट थान्सिङमा युवाको जुरमुराएका पाइला, बन्दैछ बाटो र म’रणपाटी

नुवाकोट । भनिन्छ मरणपछिको एकमात्र गन्तव्य घा’ट, घा’टमा नै मानवरुपी शरीर क्षण भरमै आगो-धुवाँ हुँदै खरानी बन्छ अनि मानव जीवनको लिला समाप्त हुन्छ।

नुवाकोट थान्सिङ स्थायी निवासी सुमन भण्डारी र दिपक अधिकारीले गाउँघरको घाट अपायक र घा’टसम्म पुग्ने बाटो अव्यवस्थित भएको महसुस गरेको एकाअर्कालाई सुनाए। केहि गरौं भन्दै छुटेका उनीहरुले अर्का युवा रामहरि अधिकारीलाई घा’ट पुग्ने बाटो र मरणघा’ट व्यवस्थित बनाउन केहि गरौं भने।

के महिला के वृद्धवृद्धा सबैले राम्रो काम भन्दै साथमा साथ दिने प्रतिज्ञा गरे। अन्ततः सुरु भयो घा’टसम्म को बाटो निर्माण र मरणघा’ट व्यवस्थित गर्ने काम। गत बिहीबारदेखि सुरु भएको घा’टसम्म पुग्नको निमित्त बनाइएको बाटो निर्माणका क्रममा थान्सिङ फाट क्षेत्रका १२ जना किसानको जग्गा भित्र समेटिएको युवा नेता सुमन भण्डारीले बताए।

युवा भण्डारीका अनुसार मुल सडकबाट लिखु खोला घाटसम्म पुग्न सो बाटो निर्माण गरिएको हो। बाटो निर्माणका लागि स्थानीय ४ सय ७० जना बालकदेखि बृद्धअबश्थाका नागरिकले समेत श्रमदान गरेका छन्। मरणघाटसम्म पुग्न तय गरिएको सो बाटो स्थानीय फकटे खोलादेखि लिखु खोलासम्म १ किलोमीटर बाटो तय गरिएको छ।

स्थानीय किसानले लगाएको आलु खेती मास्दै सबैको जीवन पर्यन्त चाहिने बाटो निर्माण भएकोमा स्थानीय खुशी भएका छन् ।त्यसो त युवा जागरण संगै खोलामा मलामी बस्ने मरणपाटी समेत स्थानीयले निर्माण गरिरहेका छन्। हालसम्म स्थानीयले स्वतस्फूर्त गरेको श्रमदान बाहेक ढुङ्गा सोलिङ गर्न झण्डै डेढ लाख खर्च भैसकेको छ।

स्थानीय सरकारले यस मरणघा’ट निर्माण तथा बाटो निर्माणका लागि रु ५ लाख रकम विनियोजन गरिसकेको छ। वडा कमिटीको निर्णयबाट सो मरणपाटी निर्माणका लागि रु ५ लाख विनियोजन गरिएको वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले बताए।

मृत्युपछिको संस्कार गरिने सो घाट व्यवस्थापनका लागि वडाले सबैभन्दा ठुलो रकमको योजना अगाडि बढाइएको अध्यक्ष लामिछानेले बताए। सो मरणघा’ट निर्माण तथा व्यवस्थापन पश्चात् बजारीकरण बन्दै गएको छहरे, थान्सिङ, थानापती, कविलास क्षेत्रका समेत स्थानीयको मृ’त्यु पछिको गरिने सं’स्कार व्यवस्थित हुने अपेक्षा लिखु गाउँपालिका वडा नम्बर ६ ले राखेको छ।