आनन्द बतासद्वारा टेण्डर पार्न कमिसन खुवाएको स्वीकार

काठमाडौँ । विवादित कम्पनी बतास समूहले टेण्डर पार्न कमिसन खुवाएको स्वीकार गरेको छ। आइतबार साँझ ग्यालेक्सी टेलिभजन कार्यक्रममा अन्तर्वार्ता दिँदै गर्दा सो समूहका मालिक आनन्द बतासले आफूले टेण्डरका लागि कमिसन खुवाएको स्वीकार गरेका हुन्।

ग्यालेक्सी टेलिभिजनको एक कार्यक्रममा प्रस्तोता रबि लामिछानेले राजदरबार, संग्राहलय आदि टेन्डर भर्ने क्रममा कमिसन खुवाउनु भयो भएन ? भन्ने प्रश्न गरेका थिए। जवाफमा निकै ढिलो उत्तर दिएका आनन्दले उक्त कुरा स्वीकार गरेका हुन् ।‘खुवाइन भनेर झुटो बोल्न सक्दिन, सत्य बोल्न मेरो पेसाले दिदैन,’ यो उनको भनाइको आशय थियो।

पछिल्लो समय नारायणहिटी दरबार संग्रालयमा रेष्टुरेन्ट बनाउन संरचना समेत निर्माण गर्दै गरेको सो समूहको चौतर्फी विरोधपछि अहिले उक्त कार्य रोकिएको छ। उता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बतास समूहको बचाउ गरेका छन् । थापाले समाजिक सञ्जालमार्फत बतास समुहका प्रमुख आनन्दराज बतासको चरित्रह,’त्या भइरहेको बताएका छन् ।

आनन्दराज बतासलाई सामान्य अवस्थाबाट संघर्ष गर्दै सफलतातर्फ अग्रसर उद्यमीरुपमा चिनेको बताउँदै थापाले लेखेका छन्, ‘उनी एक आध्यात्मिक विचार भएका मिलनसार व्यक्ति हुन्,’ थापाले लेखेका छन्, ‘उनीबाट कानून उल्लंघन भएको छ भने कानूनी कारवाही गरिनुपर्छ । चरित्रह,’त्या गर्नु ठीक होइन ।’