शिक्षा मन्त्री पौडेललाई को’रोनासँग मिल्दो जुल्दो लक्षण

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल अस्वस्थ हुनुभएको छ। उहाँलाई को’रोना संक्रमणसँग मिल्दो जुल्दो लक्षण देखिएको प्रेस संयोजक विमल खड्काले जानकारी दिनुभएको छ।

खड्काका अनुसार कोरोनासँग मिल्दो लक्षण देखिएपछि पौडेल क्वाटरमै होमआइसोलेसनमा बस्नु भएको छ। उहाँलाई हिजोदेखि रु’घा, खो’की लागेको खड्काले बताउनुभयो। पीसीआर परीक्षणका लागि आज बिहान स्वा’ब दिएको र रिपोर्ट आउन बाँकी खड्काले जानकारी दिनुभएको छ।

मन्त्री पौडेल पनि केहीदिनअघि सम्पन्न भएको नेकपा माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुनुहुन्थ्यो। यसअघि माओवादीका अध्यक्षा पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष नारायणकाजी लगायत थुप्रै नेताहरुलाई को’रोना संक्रमण पुष्टि भइरहेको छ । परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।

यो पनि – पालमा आज थप १४ सय ४६ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको को’रोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा को’रोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमु’क्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।यही अवधिमा थप २ जना को’रोनाभाइरस संक्रमितको मृ’त्यु भएको छ ।

नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गु’माइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।