हार्दिक श्र’द्धाञ्जली ! सुपरस्टार महेश बाबुका दाजुको नि’धन

फिल्म निर्माता एवं साउथका सुपरस्टार महेश बाबुको ठूलो दाजु रमेश बाबु गरुको नि’धन भएको छ । उनी लामो समयदेखि बि’रामी थिए । रमेश बाबु सुपरस्टार कृष्णाका छोरा थिए ।

रमेशको नि’धनमा साउथका थुप्रै कलाकारहरुले शोक व्यक्त गरेका छन् । महेश बाबु को’रोना संक्र,मित भएको बेलामा दाजु रमेशको नि’धन भएको हो । रमेश पनि साउथ इन्डस्ट्रीमा परिचित थिए ।उनले १९७४ मा ‘अल्लुरी सीतारामाराजु’बाट पर्दामा डेब्यु गरेका थिए ।

त्यसपछि उनले थुप्रै तमिल फिल्ममा पनि काम गरे । भाई महेशसँग रमेशले थुप्रै फिल्ममा काम गरेका छन् ।साउथ सुपरस्टार महेश बाबुका दाजु रमेश बाबुको नि’धन भएको छ । शनिबार अबेर राती उनको नि’धन भएको हो ।५६ वर्षका अभिनेता तथा निर्माण रमेश बाबु लामो समयदेखि कलेजो सम्बन्धी रोगसँग जु’धिरहेका थिए ।

रमेश बाबुको नि’धनको खबर यस्तो समयमा आएको छ जतिबेला महेश बाबु आफैं कोरोना पोजेटिभ छन् र आइसोलेसनमा बसिरहेका छन् ।रमेश बाबुको नि’धनको खबर सार्वजनिक भएपछि दक्षिण भारतीय फिल्मका फ्यान र साउथ इण्डष्ट्रीका सेलिब्रेटीहरुले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

फिल्म निर्माता बीए राजुले रमेश बाबुप्रति श्र’द्धाञ्जली व्यक्ति गर्दै शुभचिन्तकहरुसँग उनको अन्तिम सं’स्कार र अन्तिम यात्राका क्रममा को’रोना गा’इडलाइनको ख्याल गर्न आग्रह गरेका छन् । सुपरस्टार चिरञ्जीवी, साइ धरम तेज लगायतले पनि सामाजिक संजालमार्फत श्रद्धाञ्जली दिएका छन् ।

थप् समाचार :यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । को’रोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो ।

नियमित तालिकाअनुसार चैतमा एसईई हुने गर्थ्यो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई वैशाखमा लिने निर्णय गरिएको बताए । यसअघि संसदीय समितिले एसईई परीक्षा ‘खा’रेज गर्न’ सुझाव दिएको थियो ।

तर कुनै पनि शैक्षिक तहको परीक्षा खारेजभन्दा परिमार्जन गर्न उपयुक्त हुने सुझाव विज्ञले दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षाबारे आन्तरिक गृहकार्य भइरहेको जनाए । नवनियुक्त अध्यक्ष शर्माले भने, ‘चाँडै बोर्ड बैठक बसेर निर्णय गर्छौं । त्यसपछि सूचना सार्वजनिक हुन्छ ।’

को’रोना महामारीका कारण दुई वर्षयता अनलाइन/भर्चुअल माध्यमबाट पठनपाठन सञ्चालन गरिँदै आएको छ । आर्थिक अवस्था कमजोर रहेका तथा दुर्गम भेगका विद्यार्थीको भर्चुअल कक्षामा पहुँच विस्तार हुन सकेको छैन । देशभरका विद्यालयले विद्यार्थीको मूल्यांकन गरी प्राप्तांक पठाएपछि त्यसैअनुसार परीक्षा बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशित गर्ने गरेको छ ।

गत वर्ष ५ लाख १७ हजार विद्यार्थी एसईईमा सामेल थिए । यो वर्ष परीक्षार्थी संख्या यकिन हुन बाँकी छ ।मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७९ को पठनपाठन वैशाखमै सुरु गर्ने तयारी गरेको जनाएको छ । त्यसनिम्ति कक्षा १ देखि १० सम्मको पाठ्यपुस्तक छपाइ प्रक्रिया चलिरहेको छ ।

विद्यालय तहमा ७२ लाख जति विद्यार्थी पढ्छन् ।पाठ्यक्रम विकास केन्द्रका निर्देशक तथा प्रवक्ता गणेश भट्टराईका अनुसार आगामी शैक्षिक सत्रका निम्ति ४, ७ र ९ कक्षामा नयाँ पाठ्यपुस्तक लागू हुनेछ । ‘अनिवार्य पाँच विषयको पाठ्यपुस्तक नयाँ छापिन्छ,’ उनले भने, ‘४ र ७ कक्षाको सीआरसी (क्यामरा रेडी कपी) तयारी भएर छपाइका निम्ति जनक शिक्षामा पठाइसकिएको छ ।

अब कक्षा ९ का तीन विषयको सीआरसी बन्ने क्रममा छ । चाँडै पठाउँछौं ।’जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले अन्य कक्षामा अघिल्लो वर्षमा छा’पिएका पुस्तकसमेत बाँकी रहेकाले यस पटक धेरै पाठ्यपुस्तक छाप्नु नपर्ने बताए ।नियमानुसार शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि पाठ्यपुस्तक छापिइसक्नुपर्छ ।