उन्नत भनिएको तन्त्रले समयमात्रै बर्बाद गर्‍यो: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।३०० औँ पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन् ।

उनले गणतन्त्रप्रति घुमाउरो तरिकाले अब यसको विकल्प खोज्न ढिला गर्न नहुने संकेत गरेका छन् ।भनेका छन्, “सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रतिनै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनुहुँदैन ।”

उनले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र बडामहाराजधिराजका योगदान एवम् दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस भएको बताएका छन् ।पृथ्वीनारायण शाहको राष्ट्रभक्ति, साहस र नेपालीको आँट र आकांक्षाबाट नै

नेपाल राष्ट्रको सिंगो स्वरुप खडा भएको उल्लेख गर्दै राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्व समेत सं’कटमा पारेको यस स्थितिमा एकताको महत्व र पृथ्वीनारायण शाहको योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस गरेको पूर्वराजा शाहले उल्लेख गरेका छन्।

राष्ट्रनिर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको सम्वेदनशीलतालाई सदैव आत्मसाथ गरिरहनु पर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण यतिबेला नेपालले असन्तुलनको परिणाम व्यहोरेको उल्लेख गर्दै पूर्वराजा शाहले भनेका छन्- ‘देश परायाहरुको खेल मैदान बनिसकेको ख’तराको अनुभूति हरेक नेपालीले गरिराखेका छन्।’

राष्ट्रको कीर्ति र जनताको सुखबाहेक, प्रजातन्त्रको अर्को कुनै लक्ष्य हुन नसक्ने उल्लेख गर्दै पूर्वराजा शाहले जन इच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र, जेसूुकै चयन गरे पनि राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक साबित हुने उल्लेख गरेका छन्।

उनले भनेका छन्- प्रणाली केवल साधन हुन् । साधन परिवर्तनलाई नै महान उपलब्धिका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएका छन्। सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सा’स्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नु पर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय ब’रबाद गर्न नहुने निश्कर्षमा पुग्न विलम्व गरिनु हुँदैन।