शिक्षा मन्त्री देवेन्द्र पौडेललाई को’रोना संक्रमण पुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। प्रधानमन्त्रीको सचिवालय अनुसार सोमबार गरिएको पीसीआर परीक्षणबाट देउवाको रिपोर्ट नेगेटिभ आएको हो।

सत्तारुढ गठबन्धनको पाँच दलीय समन्वय समितिको बालुवाटारमा बसेको बैठकमा सहभागी हुने क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई भेटेका थिए। अर्का नेता नारायणकाजी श्रेष्ठलाई पनि भेटेका देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।

त्यसपछि बालुवाटारमै आइसोलेसनमा थिए। तर उता माओवादीका सयभन्दा धेरै नेताहरुलाई को’रोना संक्रमण पुष्टि भइसकेको छ। पछिल्लो समय सोमबार शिक्षा मन्त्री देवेन्द्र पौडेललाई पनि को’रोना पुष्टि भएको छ।

यो पनि – नेपालमा आज थप १४ सय ४६ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४२९ जनाको को’रोना परीक्षण गर्दा पीसीआर विधिबाट १३५७ तथा एन्टिजेन विधिबाट ८९ जनामा को’रोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २५५ जना संक्रमणमुक्त पनि भएका छन् । नेपालमा हालसम्म ८ लाख १४ हजार ४८५ जना संक्रमणमु’क्त भएका छन् । नयाँ संक्रमित थपिएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना पुगेको छ ।यही अवधिमा थप २ जना को’रोनाभाइरस संक्रमितको मृ’त्यु भएको छ ।

नेपालमा हालसम्म ११ हजार ६०६ जना संक्रमितले ज्यान गु’माइसकेका छन् । देशभर थप २ लाख १० हजार ५९४ जनाले खोप पनि लगाएका छन् ।