सँगै बसिदिएको, गफ सुनिदिएको पनि पैसा तिर्नुपर्ने

टोक्यो । जापानका ३८ वर्षीय एक युवक सोजी मोरीमोतो गजबको जागिर गर्छन् । उनको जागिरको नाम नै ‘केही गर्न नपर्ने मान्छेलाई भाडामा लिनु’ रहेको छ ।

मोरीमोतोलाई जागिर दिनेहरूले उनलाई खाने, मज्जाले किनमेल गर्ने र डुलिरहने जस्ता गतिविधि मात्र गराउन सक्छन् ।उनले भनेका छन्, “म कुनै मिहिनेत गरी काम गर्दिनँ । म यसो गफगाफको जवाफसम्म दिनेगर्छु । अनि बसिबसि खान्छु ।”यस्तो जागिर उनलाई मन पर्छ ।

तर, यस्तो सजिलो जागिरमा पनि उनी अझै त्यसै बसेर आनन्द लिन खोज्छन् । उनको यस्तै बानीले गर्दा उनी यस्तो जागिरका लागि बढी उपयुक्त ठ’हर पनि भएका छन् । उनले सीबीएस स्याटर्डे मर्निङलाई भनेका छन्, “म केही काम नगर्ने भनेर नै जागिर खान्छु । म कुराकानीसमेत आफैँ सुरु गर्दिनँ । कसैले केही सोधेमा संक्षिप्त जवाफ दिन्छु ।”

मानिसहरूले उनलाई नरमाइलो लगोको बेला सँगै बसिदिएको, खाना खाइदिएको र ह,’त्या स्वीकारेको जस्ता गफ चुपचाप सुनिदिएको जस्ता गतिविधिका लागि मासिक तलब दिने गर्छन् । मोरीमोतोले सन् २०१८ देखि यस्तो अस्वाभाविक काम गर्न थालेका हुन् ।

त्यतिबेला बेरोजगारको अवस्थामा उनले ‘डू नथिङ रेन्ट–अ–म्यान’ नाम ट्विटर एकाउन्ट खोलेका थिए । अहिले उनको २ लाख भन्दा बढी फलोअर छन् ।मोरिमोतोले सीबीएस न्युजलाई भनेका छन्, “यस्ता कामदार माग्ने मेरा ग्राहकहरू विभिन्न परिस्थितिका विविध व्यक्तित्वहरू देखेर आश्चर्य लाग्छ ।

केही मानिस धेरै एक्लो र नियास्रो महशुस गर्दछन् । कोही कतै एक्लै जान लजाउँछन्, कसैका साथ खोज्छन् ।”उनले दिनको तीनजनासम्म ग्राहकका यस्ता सजिलो काम गर्ने गरेको र अहिलेसम्म तीन हजार अर्डर पूरा गरिसकेको द इन्डिपेनडेन्टले जनाएको छ ।

उनी भन्छन्, “मैले चुपचाप कफी पिइदिने, कसैको कुरा सुनिदिने बर्थ डेमा केक सेयर गरिदिने, सँगै सपिङ र रेस्टुरेन्टमा गइदिने जस्ता पनि काम गरिसकेको छु । तर, मैले घर सफा गर्ने, लुगा धोइदिने, नाँ,’गो बसेर पो’ज दिने तथा कसैका साथि बनिदिने जस्ता अनुरोध भने स्वीकारेको छैन ।”

जापानले अहिले आफ्ना नागरिकका नियास्रोपना र सामाजिक एक्लोपना कसरी व्यवस्थित गर्ने भन्नेबारे चु’नौती सा’मना गरिरहेको छ । सन् २०२० मा एघार वर्षयता पहिलोपटक पुन: आ,’त्मह,’त्याको दर बढ्न थालेपछि यस समस्याका स’माधानका लागि ‘ए’क्लोपना मन्त्री’ समेत नियुक्त गरेको थियो ।