पुष्पा हिट भएपछि रश्मिकाले बढाइन् पारिश्रमिक, अर्को फिल्मका लागि ३ करोड भारु लिने !

एजेन्सी । अल्लु अर्जुन र रश्मिका मन्दान स्टारर फिल्म ‘पुष्पाः द राइज’ बक्स अफिसमा ब्लकबस्टर हिट भयो ।रणवीर सिंह र दीपिका पादुकोण स्टारर फिल्म ‘८३’ पनि यस फिल्मको अगाडि फिक्का भएको देखियो ।

किनकी एकातिर रणवीर सिंहको फिल्मले बक्स अफिसमा राम्रो कमाई गर्न लडिरहेको देखियो भने अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ ले बिना कुनै बाधाको राम्रो व्यापार गरिदियो ।फिल्मको पहिलो भाग ब्लकबस्टर हिट भएपछि अब यसको दोस्रो भाग पनि छिट्टै रिलिज हुने भएको छ,

जसको नाम निर्माताले ‘पुष्पा–द रुल’ राखेका छन् ।फिल्मको दोस्रो पार्ट बन्ने खबर आएसँगै फिल्मकी मुख्य अभिनेत्री रश्मिका मन्दानले यो फिल्मपछि आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।बलिउड लाइफको रिपोर्ट अनुसार रश्मिकाले पहिलो पार्टका लागि करिब २ करोड भारु लिएकी थिइन् ।

अब उनले दोस्रो पार्टका लागि ३ करोड पारिश्रमिक मागेको खबर छ । अझ रोचक कुरा के छ भने ‘पुष्पा’का निर्माताले रश्मिकालाई त्यति पारिश्रमिक दिन राजी भएका छन् । तर, यस विषयमा आधिकारिक पुष्टि भने भएको छैन ।