विश्व इतिहासमा आजः दुई लाख मानिसको मृ’त्यु भएको हेईटीको त्यो वि’नाशकारी भूकम्प

आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः सन् २०१० मा हेईटीमा वि’नाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्व’स्त भएको थियो ।

भूकम्पका कारण दुई लाख जनाको मृ’त्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भ’त्किएका संरचना निर्माणका लागि हेईटीले दातृ राष्ट्रलाई करोडौं डलर सहयोग गरेका थिए ।सन् १९९१ मा इराकवि’रुद्ध यु,’द्ध गर्ने विषयमा अमेरिकामा बहमुत सदस्यले मतदान गरेका थिए ।

कुवेतबाट इराकी सेनलाई खेद्न र सै’न्य फौज तै’नाथ गर्न तत्कालिन राष्ट्रपति जर्ज डब्लू बुसलाई संसदले विशेष अधिकार दिइएको थियो ।आजकै दिन अर्थात सन् १९०८ को १२ जनवरीमा पेरिसको इफेल टावरबाट पहिलो पटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो ।

वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दाबढी श्रोताले सुनेका थिए ।विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।