भारतमा एकै दिन एक लाख ९४ हजार जनामा को-भि’ड संक्रमण

२८ पुष २०७८, बुधबार नयाँ दिल्ली- भारतमा को-भि’ड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार एकै दिन एक लाख ९४ हजार जनामा को-भि’ड संक्रमण देखिएको छ ।

को-भि’डको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै को-भि’ड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।

भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ ।

सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र को-भि’ड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।एजेन्सी