ट्याक्टरको ठ’क्करबाट विद्यार्थीको मृ’त्यु

विराटनगर- मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठ’क्करबाट एक बिद्यार्थीको मृ’त्यु भएको छ । बिहान कलेज जाने क्रममा उर्लाबारी ७ का निश्चल बानियाँको मृ’त्यु भएको हो ।

प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको मोटरसाईकलमा सवार बानियाँलाई को २ त ८२९६ नम्बरको ट्याक्टरले ठ’क्कर दिँदा उनको घ’ट्नास्थलमै मृ’त्यु भएको प्रहरीले जनाएको छ । ठ’क्कर दिने ट्याक्टर र त्यसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका–६ का १९ वर्षीय मोहन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चालक तामाङको सवारी चालक अनुमति पत्र नभएको प्रहरीको भनाइ छ ।मृ’तक बानियाँको श’वलाई पो,’ष्टमा’र्टमका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

यो पनि – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी कैलालीको गेटामा दु’र्घटनामा परेको छ। कञ्चनपुरको महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थलबाट जाने क्रममा मन्त्री आले सवार गाडी दु’र्घटनामा परेको हो।

गाडी क्षतिग्र’स्त भए पनि आले सुरक्षित छन्। उनी सवार सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठ’क्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन्। धनगढी विमानस्थलबाट ६ लेनको मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले हा’नेको हो।

अर्को गाडीलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आले सवार गाडीलाई पनि ठ’क्कर दिएको प्रहरीले जनाएको छ। उक्त गाडी दु’र्घटनामा परेपछि अर्को प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका छन्। ठक्कर लागेको गाडीमा सवार पनि सबै स’कुशल जनाइएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।