माधवकुमार नेपाललाई को’रोना संक्रमण

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई को’रोना संक्रमण पुष्टि भएको छ। नेपालको सचिवालयले को’रोना संक्रमण भएको पुष्टि गरेको हो। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा नै उनले आफूलाई आइसोलेट गरेका सचिवालयले जनाएको छ।

केही दिनअघि सम्पन्न माओवादी महाधिवेशनमा नेपाल पनि सहभागी भएका थिए। माओवादी अध्यक्ष पुष्पकमल दाहालसहित थुप्रै नेता तथा कार्यकर्तालाई संक्रमण देखिएपछि नेपालले पनि को’रोना परीक्षण गराएका थिए। उनको परीक्षणको नतिजा आज आएको सचिवालयले जनाएको छ।

यो पनि – पछिल्लो समय धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकसित हुँदै गरेको पोखराको पुम्दीकोटमा विशाल शिवमूर्ति निर्माणको चरण चलिरहेको छ ।४० करोड लागत स्टिमेट गरेर काम थालिएको यहाँ पैसा अभाव भएपछि ८ माघदेखि महायज्ञ लगाउने तयारी थियो ।

१८ माघसम्म हुने भनिएको महायज्ञ तत्कालका लागि स्थगित गरिएको छ ।को’रोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनको आग्रहमा महायज्ञ रोकिएको पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । ‘मूर्तिभन्दा ठूलो कुरा मानवको स्वास्थ्य हो ।

भेला हुने कार्यक्रम नगर्न सरकारले भनेको छ,’ उनले भने, ‘अहिलेलाई महायज्ञ नहुने भयो । अर्को कार्यक्रम सहज भएपछि घोषणा गर्छौं ।’अर्काे सूचना जारी नहुन्जेनसम्मको लागि उक्त महायज्ञ स्थगित भएको उनले बताए । को’रोना संक्रमण दर घटेर केही सहज हुन साथ उक्त महायज्ञ हुने समितिले जनाएको छ ।

मूर्ति र अन्य पूर्वाधार बनाउन हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको छ । पौने चार करोड हा’राहारीमा ऋण रहेको निर्माण समितिले जनाएको छ । समितिले सहकारीबाट एक करोड रुपैयाँ ऋण निकालेको छ भने अरु रकम स्थानीयसँग सापट मागेर चलाएको बताएको छ ।