चाँडाे दिइने बुस्टर डो’जले रो’ग प्रतिरो’धात्मक क्ष’मता घटाउँछः युरोपेली मेडिकल निकाय

को-भि’डवि’रुद्ध दिइने बारम्बारको बुस्टर डोजले मानिसको रो’ग प्रतिरो’धात्मक क्षमतामा ग’म्भीर असर गर्ने युरोपेली युनियनअन्तर्गतको स्वास्थ्यसम्बन्धी एउटा नियामक निकायले चेतावनी दिएको छ । ‘हरेक चार महिना बारम्बार दिइने बुस्टर डोजले रो’ग प्रतिरो’ध प्रणालीलाई कमजोर बनाउँछ,’ युरोपेली मेडिकल निकायले भनेको छ ।

लामो समयको अन्तर पारेर बुस्टर डो’ज दिन पनि सो निकायले विभिन्न देशहरुलाई अनुरोध गरेको छ । ओमिक्रोनका कारण संक्रमितको संख्या बढेपछि विभिन्न देशहरुले दोस्रो बुस्टर डोज दिने तयारी गरिरहेकै बेला युरोपेली युनियनको सुझाव सार्वजनिक भएकाे हो ।

यसै महिनाको सुरुमा इजरायलले ६० वर्षमाथिका बृद्धबद्धालाई दोस्रो बुस्टर डो’ज दिने तयारी गरेको थियो । बेलायतले पनि को-भि’डबाट रक्षा गर्ने भन्दै दोसो बुस्टर डोज दिने तयारी गरेको छ ।अमेरिका, फ्रान्सलगायतका देशमा पनि दोस्रो बुस्टर डो’जबारे आवाज बढेकाे छ ।

युराेपपछि अहिले अमेरिकामा संक्रमितकाे संख्या तीव्र बढेकाे छ । संक्रमित बढे पनि तत्काल प्र’तिबन्धात्मक व्यवस्था भने लागू गरिएका छैनन् । ओ’मोक्रन भेरियन्टको फैलावटसँगै कोरोना ’प्या’न्डेमिक’ (महामारी) बाट ’इन्डेमिक’ (निश्चित क्षेत्रमा देखिने रो’ग) का रुपमा विकसित हुँदै गएको पनि मेडिकल निकायले जनाएको छ।