गायक यम बरालले दोस्रो विवाह गरेकी गीता को हु्न् ?

काठमाडौं । गायक यम बरालले दोस्रो बिहे गरेका छन् । कांग्रेस राजनीतिमा क्रियाशील गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग उनले हालै लगनगाँठो कसेका हुन् ।

गत मंसिरमा बिहे गरेर काठमाडौंको नयाँ घरमा भित्र्याएको उनीनिकट स्रोतले बताएको छ । यद्यपि, गायक बरालले विवाह गरेको सार्वजनिकरुपमा स्वीकारेका छैनन् ।विवाहको विषयमा प्रश्न गर्दा बरालले ठाडै इन्कार गरे । ‘यो हल्ला मात्रै हो,’ उनले भने, ‘विहे गरेँ भने त सबैलाई खबर दिएरै गर्छु नि ।’

तर, उनीहरुले विवाह गरेको भिडियो नै सार्वजनिक भइसकेको छ । टेलिभिजन कार्यक्रम रजतपटले प्रशारण गरेको भिडिओमा दुवै दुलाहा र दुलहीको रुपमा नाचगान गरिरहेको देखिन्छन् ।गीता नेपाली कांग्रेसको राजनीतिमा क्रियासील छिन् । गीता कांग्रेसको

१४औं महाधिवशेनमा महिला खुल्ला तर्फबाट बाग्मती प्रदेश अधिवेशनमा प्रतिनिधिको उम्मेदवार थिइन् ।तर, उनी चुनावमा पराजित भइन् । उनी नेता ख्याम तिवारी प्यानलकी उम्मेदवार थिइन् ।