सरकारी कार्यालयमा सेवाग्राहीको चाप, आलोपालो प्रणाली लागू हुने

चौतारा- को’रोना संक्रमणको दर उच्च गतिमा बढिरहँदा जिल्ला प्रशासन कार्याय सिन्धुपाल्चोकले आलोपालो प्रणाली लागू गरेको छ । दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा

नयाँ भेरियन्ट ओ’मिक्रोनको त्रा’स समेत बढेको छ । देशभर दैनिक रुपमा संक्रमितको संख्या बढिरहँदा काठमाडौं उपत्यकामा सबैभन्दा धेरै संक्रमित देखा परेका छन् । काठमाडौंसँग सीमा जोडिएको जिल्लामा उपत्यकाबाट आवतजावत बढी हुने हुँदा जिल्लामा संक्रमणको त्रास बढिनै रहेको पाइएको छ ।

संक्रमितको संख्या बढ्दै जाँदा सरकारले विद्यालयहरु बन्द गरेको भए पनि जिल्लामा भने सेवाग्राहीको चाप बढिरहेको छ ।जिल्ला प्रशासन, मालपोत, निर्वाचन लगायतका कार्यालयहरुमा ब्यापक भीड बढिरहेको छ । आगामी निर्वाचनका लागि आफ्ना पक्षमा मतदाता संख्या बढाउने उदेश्यले राजनीतिक दलका स्थानीय नेताहरुले सेवाग्राहीलाई सदरमुकाम उतारेका छन् ।

प्रत्येक दलै पिच्छेका नेताहरुले गाउँगाउँबाट गाडी रिजर्भ गरेको नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र साथै फोटोहितको मतदाता नामावलीमा नाम दर्ता गराउन ल्याउने गरेका छन् ।स्थानीय प्रशासनमा सेवाग्राहीको भी’ड लागेसँगै जिल्ला प्रशासनले को’रोना भाइरस संक्रमण रोकथाम र मानिसहरुको उपस्थितिलाई कम गराउँन आलोपालो प्रणाली लागू गरेको छ ।

उक्त आलोपालो प्रणाली माघ २ गतेबाट लागू हुने छ ।१२ वटा स्थानीय तह रहेको सिन्धुपाल्चोकमा प्रशासनले आइतबार, सोमबार र मंगलबार हेलम्बु, पाँचपोखरी थाङपाल, मेलम्ची, ईन्द्रावती, चौतारा सांगाचोकगढी र जुगल गाँउपालिकाका नागरीकलाई सेवा दिने जनाएको छ ।

बुधबार, बिहीबार र शुक्रबार बलेफी ,सुनकोशी, लिंसखुपाखर, त्रिपुरासुन्दरी ,बाह्रविसे र भोटेकोसिका ना’गरिकलाई सेवा लिन प्रशासनमा आउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी सेवा लिन आउँदा खोप कार्ड भने अनिवार्य गरेको छ ।