विश्व इतिहासमा आजः एल सालभाडोरको वि’नाशकारी भूकम्पदेखि ट्रम्पमाथि दोस्रो पटक महाअभियोग

आज १३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

एल सालभाडोरको वि’नाशकारी भूकम्प– सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा श’क्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै वि’नाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक हजारको मृ’त्यु भएको थियो भने ३१५ जना घा’ईते भएका थिए । ठीक एक महिनापछि अर्को श’क्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृ’त्यु भएको थियो ।

मा’इक्रोसफ्टको स्थापना– आज नै अमेरिकाका धनाढ्य तथा मा’इक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए । पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए ।

इटालीको वि’नाशकारी भूकम्प– आज नै अर्थात सन् १९१५ मा इटालीमा श’क्तिशाली भ्रकम्प गएको थियो । इटालीको इतिहासमै सवैभन्दा वि’नाशकारी मानिएको सो भूकम्पमा परेर कम्तिमा पनि ३० हजार जनाको मृ’त्यु भएको थियो । भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो ।

ट्रम्पमाथि दोस्रो पटक महाअभियोग– सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग प’राजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोल भवनमा हु’लदंगा म’च्चाएका थिए ।