थप ३५५३ जनालाई को’रोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १९१६ जनालाई संक्रमण

केहीदिन यता दिनैपिच्छे को’रोना भाइरस संक्रमण पुष्टि हुने संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा अघिल्लो दिनको तुलनामा झण्डै ५ सयजना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अद्यावधिक गरेको तथ्यांक अनुसार आज ३५५३ जनालाई संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृ’त्यु भएको छ । सक्रिय संक्रमित संख्या बढेर आज १४ हजार ३४० पुगेको छ । २४ घण्टामा १५ हजार ८१ जनाको को’रोना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका १९२० जना रहेका छन् ।

काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ जनालाई संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा ए’न्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ ।

गण्डकी प्रदेशमा थप १६५ जनामा को’रोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३५९ जनामा गरिएको परीक्षणमा १६५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ७७ जना महिला र ८८ जना पुरुष रहेका छन । प्रदेशमा केही दिनदेखि क्रमश कोरोना संक्रमण उच्च रुपमा बृद्धि भएको छ ।

शुक्रबार प्रदेशका विभिन्न जिल्लामा १६ जना मात्र संक्रमित देखिएकोमा आइतबार ३८ सोमबार ७०, मंगलबार ११४, बुधबार १२१ र बिहीबार थप १६५ जनामा संक्रमण देखिएको हो । शुक्रबारदेखि बिहिबार सम्मको तुलना गर्दा प्रदेशमा को’रोना संक्रमण तिव्र रुपमा फैलिएको सहजै अनुमान गर्न सकिन्छ ।