ब्लाइन्ड डेटमा गएकी महिला केटाको घरमा फसिन्

हङकङः ब्लाइन्ड डेटमा गएकी एक चिनियाँ महिला अचानक लागेको लकडाउनपछि केटाकै घरमा फसेकी छन्। ब्लाइन्ड डेटमा केटा भेट्न गएकी ३० वर्षीया चिनियाँ महिला लकडाउन लागेको थाहा नपाएपछि केटाकै घरमा थुनिएकी हुन्।

वाङ थर भएकी ती महिला मध्य चीनको जेनझाउ घर भएकी हुन्। घरमा बिहेको दबाब आएपछि जनवरी ६ मा ब्लाइन्ड डेटमार्फत् केटा भेट्न र केटासँग परिचित हुन उनी केटाको घरमा गएको सीएनएनमा समाचार छ। ‘बुढ्यौली लाग्न थाल्यो भन्दै बिहेको लागि मेरो परिवारका मानिसले मलाई १० वटा केटा चिनाइदिसके।

कुनै पनि चित्त नबुझेपछि परिवारले नै रोजेकामध्ये पाँचौं केटाले मलाई आफ्नो घर बोलाएको थियो। केटाबारे बुझ्न र उसको क्षमता देख्न म उसको घर पुगेको थिए। तर सरकारले एक्कासी लगाएको लकडाउनका कारण म केटाकै घरमा अ’ड्किनु परेको छ,’ ती महिलाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेकी छन्।

केटाको घरमा साँझको खाना खाएपछि घर फर्किने बेलामात्र आफूले लकडाउनबारे थाहा पाएको ती महिलाले बताएकी छन्। हालः आफू केही दिनको लागि भनिएको लकडाउनमै फसेको उनले बताएकी छन्।