उदयपुरमा ह,’त्या गरी फरार भएका व्यक्तिलाई १७ वर्षपछि साउदी अरबमा पक्राउ गरियो

काठमाडौं। क’र्तव्य ज्यान मु’द्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ।

इ’न्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फ’रार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा परिचालन भएको प्रहरी टोलीले बुधबार नेपाल ल्याएको हो। प्रतिवादी मगरले २०६१ मङ्सिर १३ गते मानबहादुर तामाङको ह,’त्या गरेको मु’द्दामा जिल्ला अदालत उदयपुरबाट पक्राउ अनुमतिप्राप्त

भई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल महासचिवालयसँगको सहयोगमा खो’जतलास गरेको थियो। प्रतिवादी मगरलाई आवश्यक का’नुनी कारबाहीका लागि उदयपुरको इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलालाई आज बु’झाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो पनि – ब्लाइन्ड डेटमा गएकी एक चिनियाँ महिला अचानक लागेको लकडाउनपछि केटाकै घरमा फसेकी छन्। ब्लाइन्ड डेटमा केटा भेट्न गएकी ३० वर्षीया चिनियाँ महिला लकडाउन लागेको थाहा नपाएपछि केटाकै घरमा थु’निएकी हुन्।

वाङ थर भएकी ती महिला मध्य चीनको जेनझाउ घर भएकी हुन्। घरमा बिहेको दबाब आएपछि जनवरी ६ मा ब्लाइन्ड डेटमार्फत् केटा भेट्न र केटासँग प’रिचित हुन उनी केटाको घरमा गएको सीएनएनमा समाचार छ। ‘बुढ्यौली लाग्न थाल्यो भन्दै बिहेको लागि मेरो परिवारका मानिसले मलाई १० वटा केटा चिनाइदिसके।

कुनै पनि चित्त नबुझेपछि परिवारले नै रोजेकामध्ये पाँचौं केटाले मलाई आफ्नो घर बोलाएको थियो। केटाबारे बुझ्न र उसको क्षमता देख्न म उसको घर पुगेको थिए। तर सरकारले एक्कासी लगाएको लकडाउनका कारण म केटाकै घरमा अ’ड्किनु परेको छ,’ ती महिलाले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेकी छन्।

केटाको घरमा साँझको खाना खाएपछि घर फर्किने बेलामात्र आफूले लकडाउनबारे थाहा पाएको ती महिलाले बताएकी छन्। हालः आफू केही दिनको लागि भनिएको लकडाउनमै फसेको उनले बताएकी छन्।