को’रोनाका कारण स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु ग’र्भवती

काठमाडौं। को’रोनाभाइरसका कारण लकडाउन भएर स्कुल बन्द भएपछि ठूलो संख्यामा स्कुले बालिकाहरु ग’र्भवती भएका घटनाहरु बढेका छन् । अफ्रिकी देश जिम्बाब्बेमा कोरोनाभाइरसको महामारी फैलिएपछि ६ महिनासम्म गरिएको लकडाउनमा धेरै स्कुले बालिकाहरु ग’र्भवती भएको पाइएको हो ।

जिम्बाब्बेको ग्रामीण क्षेत्रमा बस्ने १३ वर्षकी भर्जिनिया मावुंगा ३ महिनाका छोरा त’वनन्याशाकी आमा हुन् । उनको पूरै दिन कुवाबाट पानी ल्याउने, सडकछेउमा फलफुल र तरकारी बेच्ने, खाना बनाउने, सरसफाइ गर्ने, कपडा धुने काममा बित्छ । आफ्ना यी कामका बीच भर्जिनिया आफ्ना ४ जना भाइबहिनीलाई स्कुलको लागि तयार पार्छिन् र उनीहरु फर्किएपछि उनहिरुलाई होम वर्क गर्न सनि सहयोग गर्छिन् ।

आफ्ना भाइबहिनीलाई स्कुलको काममा सघाउँदा भ’र्जिनियालाई सबैभन्दा धेरै पीर पर्छ किनकि अहिले उनी केवल १३ वर्षकी छिन् । यो उमेरमा उनी स्कुलमा हुनुपर्ने थियो । भर्जिनिया भन्छिन् ‘अब यही मेरो पूरै जिन्दगी हो ।’ कोभिड महामारीको क्रममा जिम्बाब्बे र अन्य दक्षिणी अफ्रिकी देशमा कम उमेरका किशोरीहरुले गर्भधारण गर्ने क्रममा उच्च वृद्धि देखिएको छ ।

भर्जिनिया उनै किशोरीमध्ये एक हुन् । जिम्बाब्बे लामो समयदेखि कम उमेरका किशोरी ग’र्भवती हुने र बाल विवाहको समस्यासँग जुधिरहेको छ ।रिपोर्टअनुसार कोभिड १९ महामारी सुरु हुनुभन्दा पहिले पनि यहाँ हरेक ३ मध्ये एक किशोरीको विवाह १८ वर्ष नपुग्दै गरिन्थ्यो ।

किशोरीहरु ग’र्भवती हुने, बाल विवाहका विषयमा कडा कानुन नहुनु, गरिबी, सांस्कृतिक र धार्मिक प्रथा जस्ता कैयौं कारणले यस्तो हुने गरेको छ । को-भि’ड म’हामारीले यो स्थितिलाई झनै ख’राब बनाइदिएको छ । डेढ करोड जनसंख्या भएको यो देशमा मार्च २०२० मा कडा लकडाउन लगाइयो र बीचबीचमा छुट दिइयो ।

लकडाउनका कारण किशोरीहरुमा निकै खराब असर पर्यो । उनीहरुलाई ग,’र्भ नि’रोधक र अस्पतालको सुविधा दिइएन ।कार्यकर्ता र अधिकारीहरुका अनुसार यीमध्ये कैयौं किशोरीहरु यौ,’न शो’षणको शि’कार भए वा उनीहरुले विवाह र ग’र्भावस्थालाई गरिबीबाट बाहिर निस्किने एक तरिका माने ।

देशमा कम उोरका किशोरीहरु ग’र्भवती हुने क्रम बढेपछि जिम्बाब्बेको सरकारले अगष्ट २०२० मा आफ्नो का’नुन संशोधन गरेर गर्भवती किशोरीलाई पनि स्कुल जान अनुमति दियो । कार्यकर्ता र अधिकारीहरुले यसको प्रशंशा गरे र यसलाई आशाको रुपमा हेरे ।

तर, यो नीति पूर्ण रुपमा असफल रह्यो । ग’र्भवती किशोरीहरु कानुन संशोधनपछि पनि स्कुल फर्किएका छैनन् । पैसाको कमी, सामाजिक प्रथा, कक्षामा सताइने जस्ता कारणले उनीहरु फेरि स्कुल जान सकिरहेका छैनन् । कानुन संशोधनपछि ग’र्भवती भ’र्जिनियाले पनि फेरि स्कुल जाने कोसिस गरेकी थिइन् ।

अधिकारीहरुले उनी र उनका मातापितालाई प्रो’त्साहित पनि गरेका थिए तर त्यसपछि आसपासका मानिसहरुले भ’र्जिनियाको मजाक उडाउन थाले ।पर्पल युनिफर्ममा आफ्नो एक तस्वीर देखाउँदै भर्जिनियाले समाचार एजेन्सी एपीसँग भनिन् ‘मानिसहरु ममाथि हाँस्थे । केही मानिसहरुले मतिर देखाएर मजाकमा सोध्थे – तिम्रो पेटलाई के भयो ?’

भ’र्जिनियाले यो सब भएपछि स्कुल फर्किने सपना छाडिन् र आफ्नो युनिफर्मलाई २ डलरमा बेचिदिइन् ताकि यो पैसाले बच्चाको कपडा र अरु सामान किन्न सकियोस् ।भ’र्जिनियाका अनुसार उनलाई जसले ग’र्भवती बनाएका थिए उनले आफूसँग बिहे गर्छन् भन्ने आशा थियो ।

ती व्यक्तिले भ’र्जिनियासँग बिहेको बाचा पनि गरेका थिए । तर पछि उनले धो’का दिए र बच्चाको पा’लनपोषण गर्न अस्वीकार गरे । जिम्बाब्बेका यौन सम्बन्धको लागि सहमति दिने न्यूनतम उमेर १६ वर्ष हो । यसका बावजुद भर्जिनियाका मातापिताले ती व्यक्तिवि’रुद्ध ब,’लात्का’रको मु’द्दा धेरै अगाडि बढाएनन् ।

जिम्बाब्बेमा १६ वर्षभन्दा कम उमेरका कि’शोरीसँग शा’रीरिक सम्बन्ध राख्ने वा कुनै किसिमको यौ,’नजन्य गतिविधि गरेमा ज’रिवाना वा १० वर्षसम्म जे’ल स’जाय हुन सक्छ । तर, धेरैजसो घटनामा कुनै मुद्दा दर्ता गरिँदैन । पु’लिसका प्रवक्ता पल न्याथीका अनुसार परिवार र अधिकारीहरुले लामो समयदेखि यस्ता घटना लुकाउँदै आएका छन् ।

ना’बालिकलाई नै विवाहको लागि बाध्य पारिन्छ । परिवारले प्रायः दो’षीसँग सम्झौताको प्रयास गर्छन् ।दो’षीमाथि किशोरीसँग विवाह गर्ने वा पी’डितको परिवारलाई चौ’पाया वा पैसा दिने द’बाब दिइन्छ । त्यसपछि उनीहरु पु’लिसलाई रिपोर्ट नगर्ने कुरामा सहमत हुन्छन् ।

अन्तिममा पी’डितका परिवार नै उनको शो’षणमा सहभागी बन्छन् । जिम्बाब्बे सरकारसँग कति ग,’र्भवती कि’शोरीले स्कुल छोडे भन्ने तथ्यांक छैन तर यस्ता घटनामा तीब्र रुपमा वृद्धि भइरहेको छ । कैयौं कि’शोरीहरु नबताइ स्कुल छोड्छन् त्यसैले सही तथ्यांक पाउनु सरकारका लागि पनि कठिन छ ।