हुम्लामा को’रोनाविरुद्ध जनचेतना जगाउँदै प्रहरी

सिमकोट- पछिल्लो समय देशभर को’रोना भाइरसको संक्रमण बढ्न थालेसँगै हुम्ला प्रहरीले को’रोनाविरु’द्ध सचेतना गराउने कार्यक्रम सुरु गरेको छ ।हुम्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्भ शर्मा आफै माइकिङ गर्दै जनचेतना फैलाउने कार्यमा खटिएका छन् ।

प्रहरीले माइकिङ गर्दै को’रोनाबाट जो’गिन सतर्कता अपनाउन आग्रह गरेको प्रहरी नायव उपरीक्षक शर्माले बताए ।जिल्लामा को’रोना संक्रमण भित्रिन नदिन र सबैलाई सचेत रहनका लागि जनचेतना फैलाउन आफूले टोल–टोलमा पुगेर माइकिङ गरेको हुम्ला जिल्लाका डिएसपी शर्माले बताए ।

हुम्लामा को’रोनाका सक्रिय संक्रमित नरहेको हुँदा अब पनि जिल्लामा कोरोना फैलन नदिन प्रहरीले दैनिक रूपमा जनचेतना कार्यक्रम फैलाउनतर्फ लागेको शर्माले बताए ।प्रहरीले बाटोमा भेटिएका सर्वसाधारणलाई भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र सरकारी कार्यालय जाँदा अनिवार्य खोप कार्ड बोक्न तथा को’रोनासँग मिल्दोजुल्दो लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्न आग्रह गरेको छ ।

जिल्लाका ना’गरिकहरूलाई क’रोनाबाट सचेत गराउनको लागि यस्ता खाले कार्यक्रम सञ्चालन गराई राख्ने र साबुन पानीले पटक–पटक हात धुन, बिना काम सार्वजनिक स्थलमा ननिस्कन र २५ जनाभन्दा बढी भेला नहुन प्रहरीले आग्रह गरेको छ ।