सु’त्केरी गराउन अस्पताल गएकी एक महिलाको मृ’त्यु

चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन गएकी एक महिलाका मृ’त्यु भएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं। ८ की ३३ वर्षीया राधिका थापाको मृ’त्यु भएको हो ।

पी’डित परिवारले अस्पतालको ग’म्भीर लापरबाहीले मृ’त्यु भएको गुनासो गरेका छन् । मृ’तक थापाका दाजु तारा थापाले विहान साढे ८ बजेसम्म ठिकठाक नै रहेकी राधिकाको अस्पतालले सु’त्केरी गराउने क्रममा ला’परबाही गरेकाले मृ’त्यु भएको बताए ।

पुस २६ गते दिउँसो १ बजेतिर सु’त्केरी व्यथाले च्या’पेपछि भरतपुर अस्पताल भर्ना भएकी थापालाई साधारण ढंगले सु’त्केरी गराउने भन्दै अस्पतालका डाक्टर र नर्सले २८ गते बिहानसम्म राखेका थिए । ‘उहाँहरूले दिउँसो १२ बजेसम्म हुन्छ भनेर राख्नुभयो, हामीलाई भित्र जान पनि दिनु भएन,

बहिनी असाध्य पी’डा भएर भुईँमा ल’डिछन्, नजिकको अर्को बि’रामीकाअनुसार त्यहाँ कोही नर्स, डाक्टर थिएनन् रे, मुखबाट र’गत आएर बेहोस भएर ढ’लिछन्’ मृ’तकका दाजु ताराले भने, ‘हामी भित्र जाँदा त बहिनी अ’चेत थिइन्, नर्स आएर सीपीआर गरिरहेका थिए, डाक्टर थिएनन् । हतार हतार आईसीयू लगेर भेन्टिलेटरमा राखियो ।’

भेन्टिलेटरमा राखेको केही समयपछि डाक्टरले राधिकालाई मृ’त घोषणा गरेका थिए । उनको पेटमा साढे तीन किलोको छोरा रहेको मृ’तकका दाजु ताराले बताए ।पुस २४ गते सु’त्केरी गराउने मिति नियमित चेकजाँच गर्दै आएका प्र’सूति रो’ग डाक्टर लोकबहादुर सेढाइले दिएका थिए ।

‘२२ गते यहाँ राप्ती खुरखुरेमा भिडियो ए’क्सरे गरेर हेर्दा सबै कुरा नर्मल छ, एकरदुई दिनमा अस्पताल जानु भए हुन्छ भनेर डाक्टरले भन्नुभएको थियो,’ ताराले भने ।राधिकाका श्रीमान् सुधिर थापा जापानमा छन् । उनी विगत ८ वर्षदेखि जापानमा बस्दै आएका छन् ।

राधिका भने दशैं अगाडि मात्रै नेपाल आएकी थिइन् । उनकी ६ कक्षामा अध्ययनरत छोरीसमेत छिन् । राधिकाले अघिल्लो पटक छोरी साधारण तरिकाले नै जन्माएकी थिइन् ।राधिकाको श’वलाई भरतपुर अस्पतालको श’व गृहमा राखिएको छ ।पो’ष्टमा’र्टम गर्न परिवारले मानेका छैनन् ।

बुधबार अस्पतालका अध्यक्ष डा।भोजराज अधिकारीसहित भएको छलफलमा अस्पतालले गल्ती र कमजोरी भएको स्वीकार गरेको मृ’तकका दाजु ताराले बताए । ‘हामीले क्षतिपूर्ती रकम मागेनौं । हामीलाई पैसाभन्दा पनि अस्पतालले गल्ती स्वीकार गर्नुपर्छ भन्ने छ,

अस्पतालले गल्ती स्वीकार पनि गरेको छ’ ताराले भने, ‘बहिनी नै म’रेर गएपछि तिनीहरूले दिएको पैसाले के नै हुन्छ र रु पैसा त हामीसँग पनि छ तर बहिनीको ज्यान छैन के गर्ने रु’ उनले भरतपुर अस्पतालको प्र’सूति विभागमा चरम लापरबाही हुने गरेको बताए ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। कृष्ण पौडेलले सु’त्केरी गराउन आएकी राधिकाको मुटुको न’शामा एक्कासी र’गतको प्रेसर परेर मृ’त्यु भएको दाबी गरे । डा। पौडेलले राधिकाको उपचारमा अस्पतालको तर्फबाट ला’परबाही नगरेको जिकिर गरे ।