विदेश जाँदा खादा र माला, फर्किदा ह,’त्कडी

काठमाडौं । इन्टरपोलबाट रे’ड कर्नर नो’टिस जारी भएका फ’रार अ’भियुक्त उदयपुर बेलका नगरपालिका–६ का गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी नेपाल ल्याइएको छ ।

क’र्तव्य ज्या’न मु’द्दामा फरार रहेका मगर साउदी अरेबियामा पक्राउ परेपछि प्रहरी प्रधान कार्यालय इ’न्टरपोल शाखाबाट ख’टिई गएको प्रहरी टोलीले नेपाल ल्याएको हो ।अभियुक्त मगर २०६१ साल मंसिर १३ गते मानबहादुर तामाङलाई ह,’त्या गरेपछि फरार रहेका थिए ।

उनी छद्म भेषमा साउदी पुगेको पत्ता लागेपछि इन्टरपोलको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका अनुसार मगरलाई आवश्यक का’नुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा इ’न्टरपोल शाखामार्फत इन्टरपोल महासचिवालयले अन्तर्राष्ट्रिय स्तरमा खो’जतलास एवं पक्राउका लागि २०७७ साल माघ २६ गते अभियुक्त मगरवि’रुद्ध रे’ड क’र्नर नो’टिस जारी गरेको थियो । उक्त घटनामा सं’लग्न रहेका अर्का जयवीर राई भने अझै फरार छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको दा’बी गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट