केएमसीका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीले कालोमोसो दले

काठमाडौं— सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले का’लोमोसो द’लेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट

बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई का’लोमोसो दलेका हुन् । विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने ब’हानामा शर्मालाई कालोमोसो दलेका हुन् । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई का’लोमोसो द’लेका थिए ।

का’लोमोसो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘होहल्ला गरेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी अ’सुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।