Breaking : त्रिशुली नदीमा गाडी ख’स्यो, ७ जना घा’इते

मुग्लिन । नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो दु’र्घटना हुदाँ ७ जना घा’इते भएका छन् । आज साँझ ६बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलनजिकैबाट

४० मिटर तल त्रिशूली नदीमा ख’सेको हो । उनीहरुको घटनास्थलबाट उद्धार गरि अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । घा’इते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

उता भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठ’क्करबाट आज एकजनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठ’क्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृ’त्यु भएको हो ।ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

यो पनि – सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले का’लोमोसो द’लेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट

बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई का’लोमोसो दलेका हुन् । विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने ब’हानामा शर्मालाई कालोमोसो दलेका हुन् । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई का’लोमोसो द’लेका थिए ।

का’लोमोसो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘होहल्ला गरेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी अ’सुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।