भारत–पाकिस्तान विभाजनका बेला छुट्टिएका दाजुभाईको जब ७४ वर्षपछि पुनर्मिलन भयो…

इस्लामाबाद । सन् १९४७ मा भारत ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको थियो । तर, स्वतन्त्रतसँगै भारतको विभाजनले ठूलो मूल्य चु’काएको थियो । भारतीय उपमहाद्धीप दुई ओटा स्वतन्त्र क्षेत्र– भारत र पाकिस्तानको रुपमा विभाजित भएको थियो ।

विभाजनसँगै हिंसा र नरसंहार पनि म’च्चिएको थियो । विभाजनको घाउ अझै पनि दुबै देशमा देखिन्छ ।भारत र पाकिस्तान विभाजनको समयमा दुई देशमा अलग भएका दुई दाजुभाई ७४ वर्षपछि एकजुट भएका छन् । पाकिस्तानी समाचार संस्था न्युज इन्टरनेसनलका अनुसार पाकिस्तानको फैसलाबादका सिद्दीकीले आफ्ना दाजु हाबिबलाई भेटेका छन् ।

सिद्दिकीले विभाजनपिछ भारतको पन्जाबको फुलनवाल क्षेत्रमा बस्दै आएका ८० वर्षीय हाबिबसँग भेट गरेका हुन् । हाबिब भाइलाई भेट्न कर्तापुर कोरिडर आएका थिए ।लामो समयपछि मिलन हुँदा दुई दाजुभाई निकै भावुक बनेका थिए । एकले अर्कोलाई अंगालो हालेर आँशु चु’हाएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको छ । भारत विभाजन हुँदा सि’द्दिकी बच्चा नै थिए ।

यो पनि – सिंहदरबारभित्रै मेडिकल कलेज व्यवसायी सुनिल शर्मालाई विद्यार्थीहरुले का’लोमोसो द’लेका छन् । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयमा मेडिकल कलेजहरुले विद्यार्थीसँग अतिरिक्त शुल्क लिएको विषयमा भएको सर्वपक्षीय छलफलबाट

बाहिरिने क्रममा विद्यार्थीहरुले शर्मालाई का’लोमोसो दलेका हुन् । विद्यार्थीहरुले छलफलबाट निस्कने क्रममा मन्त्रालयको ढोकैमा नमस्कार गर्ने ब’हानामा शर्मालाई कालोमोसो दलेका हुन् । अनेरास्ववियुका नेता महेश श्रेष्ठ र अमर पुनले शर्मालाई का’लोमोसो द’लेका थिए ।

का’लोमोसो दलिएका शर्मा मन्त्रालय भित्र मुख धोएर गाडीमा बाहिरिएका थिए । महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले दुई जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘होहल्ला गरेको भन्ने कुरा आएको छ,’ उनले भने, ‘त्यहाँ हामीले दुई जनालाई नियन्त्रणमा लिएका छौं ।’

पछिल्लो समय शर्मा अध्यक्ष रहेको विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजमा चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी अ’सुल्न खोजेको भन्दैं विद्यार्थीहरु आन्दोलनमा छन् । उनीहरुलाई सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका विद्यार्थी संगठनहरुको समर्थन छ ।