हिसाबकिताब नमिल्दा गौतम बुद्ध क्रिकेट रंगशाला बेवारिसे, ‘औ’षधिको पैसा क’टाएर सहयोग गर्नेहरु दुखी

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सहयोग गरेकी ९१ वर्षीय हरिमाया सिलवाललाई एउटै चिन्ता छ, ‘रंगशाला बन्छ वा बन्दैन ?’ मुटु र म’धुमेहको स’मस्याबाट ग्र’सित भरतपुर–२ आँपटारी निवासी हरिमायाले औ’षधिका लागि जोहो गरेर राखेको रकममध्ये २३ हजार रुपैयाँ रंगशाला निर्माण गर्न दिएकी थिइन् ।

उनको आम्दानी भनेकै सरकारले उपलब्ध गराउने गरेको वृद्धभत्ता हो । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको रंगशालाको निर्माण कार्य अन्योलमा परेपछि हरिमायाले दुःख व्यक्त गरिन्, ‘औ’षधिको पैसा क’टाएर सहयोग गरेको हुँ । रंगशाला बनिदिए हुन्थ्यो ।’

कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले जनस्तरमै आह्वान गरेपछि देश तथा विदेशका हजारौंले आर्थिक सहयोग गरे तर रंगशाला निर्माणमा फाउन्डेसनले हात झिकेपछि दाताहरू चि’न्तित बनेका छन् ।रंगशाला निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आयोजित श्रीमद्भागवत् तथा धनधान्याचल महायज्ञ आयोजक समितिका महासचिव दिनेशकुमार चुकेले महायज्ञमा ६९ करोड रुपैयाँ उपलब्ध गराउने कबोल गरेकोमध्ये २१ करोड रुपैयाँ संकलन भएको बताए ।

उनले भने, ‘धुर्मुस सुन्तलीलाई विश्वास गरेर नै त्यत्रो रकम उठाएर सहयोग गरियो तर अहिले निर्माण कार्य अलपत्र पारेर हिँड्नुभयो । फाउन्डेसनका पदाधिकारीको महत्त्वाकांक्षाले निर्माण कार्य रोकियो ।’फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मस) ले को’रोना कहरका कारण आफूले रंगशाला निर्माणको काम पूरा गर्न नसकेको तर्क गर्दै भने,

‘देशको विषम परिस्थितिका कारण जनताबाट रकम उठाएर निर्माण कार्य सम्पन्न गर्न नसकिने अवस्था आएपछि सरकारसँग सहयोगका लागि आग्रह गरेका छौं ।’फाउन्डेसनले भरतपुर महानगरपालिकालाई पत्र लेखी बाँकी रहेको निर्माणको जिम्मा लिन अनुरोध गरेको छ ।

फाउन्डेसनले हालसम्म ५६ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको र त्यसमध्ये ३९ करोड ५० लाख रुपैयाँ सहयोग संकलन भएको तथा बाँकी १७ करोड रुपैयाँ ऋण रहेको दाबी गरेको छ ।भरतपुर महानगरपालिकाले विज्ञ प्राविधिक लगाएर गरेको अध्ययनले त्यतिका रकम खर्च भएको देखिँदैन ।

महानगर प्रमुख रेणु दाहालले भौतिक पूर्वाधार तथा भवन निर्माण डिभिजन कार्यालय भरतपुरले ५१ करोड रुपैयाँ बराबरकोे भौतिक प्रगति भएको प्रारम्भिक अध्ययन प्रतिवेदन दिएको बताइन् ।उनले सो रकम परियोजनाको भौतिक प्रगतिको १४ प्रतिशत रहेको बताउँदै भनिन्, ‘रंगशालालाई महानगरले स्वामित्व ग्रहण गर्नुपूर्व भौतिक निर्माण र आर्थिक पारदर्शितामा स्पष्ट हुन चाहेका छौं ।’

उनले रंगशाला निर्माण महानगरको गौरवको योजना भएकाले त्यसको स्वामित्व लिन चाहेको बताउँदै त्यसका लागि हालसम्म भएका आम्दानी खर्चको पुष्टि हुन जरुरी रहेको प्रस्ट गरिन् ।महानगरले नेपाल चार्टर एकाउन्टेन्ट महासंघलाई पनि पत्र लेखी आयव्यय परीक्षण गर्न अनुरोध गरेको छ ।

परियोजनामा ८ करोड रुपैयाँ भरतपुर महानगरले सहयोग गरेको छ । बागमती प्रदेश सरकारले ३० करोड रुपैयाँ सहयोग गर्ने भने पनि कानूनी प्रक्रिया नमिल्दा ३ करोड रुपैयाँभन्दा बढी निकासा गर्न सकेन । करीब २५ हजार दर्शक क्षमता रहने भनिएको रंगशालामा क्रिकेट प्रशिक्षण मैदान, फूटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, स्विमिङपुल र फिट्नेस सेन्टर पनि निर्माण गर्ने योजना बनाइएको थियो ।

कमलको फूल आकारको रंगशालाको प्यारापिटको पहिलो चरणको काम सकिएको छ । प्यारापिटका लागि २८६ वटा पिलर उठाइएको छ भने चौरमा दूबो रोप्ने काम सकिएको छ । भीआईपी टावर बनाउन थालिएको र टावर ‘वान’को पिलर उठाइसकेर बिम ढलान हुँदै गर्दा निर्माण कार्य रोकिएको थियो । गोरखापत्रमा खबर छ ।