जु’लुस, धर्ना, वि’रोध प्रदर्शन लगायतमा रो’क लगाउने मन्त्रिपरिषद्को निर्णय

सरकारले को’रोना भाइरसको महामारी नियन्त्रण गर्न नि’षेधसम्बन्धी निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले को-भि’ड–१९ सं’कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार नि’षेध सम्बन्धि निर्णयको अधिकार सीडीओहरुलाई दिने निर्णय गरेको हो ।

यस्तै, बैठकले जु’लुस, धर्ना, वि’रोध प्रदर्शन लगायतका कार्य गर्न पनि रोक लगाएको छ । विवाह, ब्रतबन्ध जस्ता कार्यक्रममा अधिकतम २५ जना मात्रै जम्मा हुन पाउने गरी सिमा तोकिएको एक मन्त्रीले जानकारी दिए । पार्टी प्यालेस र ठूला होटलमा विवाह, ब्रतबन्ध जस्ता कार्यक्रम गर्दा क्षमताको एकतिहाई मात्रै मानिसको उपस्थित गराउन पाइने छ ।

रंगशालामा खेलकुद प्रतियोगिता हुँदा दर्शक संख्या कूल क्षमताको एकतिहाई मात्र हुनुपर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।सिनेमा हलसहित डा’न्सबार, दोहोरी साँझ लगायत रात्रिकालीन व्यवसाय पहिलो चरणमा माघ १५ सम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

क्याफे र होटल रेष्टुरेन्टमा को’रोनावि’रुद्धको खोप लगाएको कार्डका आधारमा मात्र प्रवेश गराउने तथा सुपरमार्केट र डिपार्टमेन्टल स्टोरमा एक पटकमा क्षमताको एक तिहाईलाई मात्र प्रवेश गराउन पनि निर्देशन दिएको छ । माघ १५ सम्म स्कूल, कलेज र विश्वविद्यालयमा भौतिक पठनपाठन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ ।