Breking: नेपालमा आज थप ४६३६ जनालाई को’रोना संक्रमण पुष्टि

काठमान्डौ- नेपालमा पछिल्लो २४ घन्टामा थप ४६३६ जनालाई को’रोना संक्रमण पुष्टि भएको छ ।हिजो शुक्रबार ५०८७ जनामा संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४१२ जनाको पीसीआर परीक्षणमा ३७०३ र ४ हजार १४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९३३ जनामा को’रोना पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ४ को’रोना संक्रमितको मृ’त्यु भएको छ।

सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३५० जना को’रोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ दशमलब १ रहेको छ ।

यो पनि – चितवनको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालले को-भि’ड–१९ संक्रमणको उच्च प्रकोप देखिएको बताएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति जारी गरी अस्पतालमा एकअर्कामा संक्रमण फैलन सक्ने सम्भावना बढेकाले सामान्य प्रकृतिका वि’रामी केही पछि आउन उपयुक्त हुने बताएका छन् ।

अस्पतालमा २९ पुसमा १७२ जनाले को-भि’ड परीक्षण गराएकोमा ९५ जनामा (५५ प्रतिशत) संक्रमण देखिएको थियो । ३० गते १८६ जनाले को-भि’ड परीक्षण गराएकोमा ११५ जना (६१.२५ प्रतिशत)मा को-भि’ड पुष्टि भएको पौडेलले बताए ।‘यो को-भि’ड–१९ संक्रमणको उच्च प्रकोप हो ।

काठमाडौँको त्रिवि टिचिङ र विर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि उच्च संख्यामा संक्रमित भएको तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलिन सक्ने सम्भावना बढ्दै गएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका वि’रामीले अस्पताल आउने समय पछि सार्नु उपयुक्त हुने अस्पतालले बताएको छ ।

तत्कालै अस्पताल पुग्नुपर्ने वि’रामी र वि’रामी कु’रुवाले पनि हे’लचक्राई नगरी जनस्वास्थ्यका मापदण्ड (सहि तरिकाले मास्क लगाउने, दुई मिटरको भौतिक दुरी कायम गर्ने र बारम्बार हात धुने) पालना गर्न अस्पतालले आग्रह गरेको छ ।