बैंकका ऋ’णीहरुलाई खुसीको खवर !

काठमाडाैँ । निषेधाज्ञा अवधिभरमा ऋणीसँगबाट कर्जा असुली गर्दा पे’नाल्टी वा अतिरिक्त शुल्क नलिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको तेस्रो त्रै’मासको समीक्षा गर्दै निषेधाज्ञाका समयमा ऋणीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले काे’राेना संक्रमण न्यूनीकरणका लागि जारी भएको नि’षेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लि’लामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत बताएको छ ।यस्तै म’हामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने राष्ट्र बैंकले जनाएकाे छ ।

राष्ट्र बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लि’क्विड अक्सिजन प्लान्टको लागि रु. ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पु’नरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने बताएको छ ।

त्यस्तै राष्ट्र बैंकले नि’षेधाज्ञाको अवधिमा कर्जाको किस्ता वा व्याज भुक्तानी गर्ने ग्राहकलाई छुट प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई प्रो’त्साहित गर्ने नीति लिएको छ। नेपाल राष्ट बैंकले शेयरको धि’तोमा प्रवाह हुने मा’र्जिन कर्जाको ब्यबस्थालाई य’थावत राखेको छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७÷७८ का मौद्रिक नी’तिको तेस्रो त्रैमासिक समीक्षा गर्दै मार्जिन क’र्जाको ब्यबस्थालाई यथावत राखेको हो ।यस संगै १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह हुने छ।

स’मिक्षामा भनिएको छ ुबैंक तथा वितीय संस्थाहरुले प्रवाह गर्ने क’र्जामध्ये शेयरको धितोमा प्रवाह हुने मा’र्जिन प्रकृतिको कर्जाको सुरक्षण बापत् शेयरको मूल्याङ्कन गर्दा पछिल्लो १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा प्रचलित बजार मूल्य मध्ये जुन कम हुन्छ सोको आधारमा गणना गर्ने व्यवस्था मिलाई उक्त मूल्यको ७० प्रतिशतसम्म कर्जा प्र’वाह गर्न सक्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।