नेपाल भित्रियो १५ रुपैयाँमै ८० किलोमिटर गुड्ने सक्ने इलेक्ट्रिक स्कूटर, कति छ मूल्य ?

काठमाडौं । नेपालमा नयाँ इलेक्ट्रिक स्कूटर भित्रिएको छ । १५ रुपैयाँ बराबरको विद्युत खपत गरेर ८० किलोमिटर गुडन सक्ने इलेक्ट्रिक स्कुटर आइतबार आधिकारिकरुपमा नेपाल भित्रिएको हो ।

इलेक्ट्रिक स्कुटर कम्पनीले नेपालको लागि आधिकारिक वितरक जम्बो ईको भेहिकल त्रिपुरेश्वरले एलभीएनइइनजी ब्राण्डको एक्स आइ र एस५ जम्बो ब्राण्ड डी०६ र एम२० मोडलका इलेक्ट्रिक स्कुटर नेपाल भित्राएको छ । यी स्कुटरमा पावर, पर्फमेन्स, फिचर्स र मूल्य प्रतिस्पर्धी ब्राण्डको तुलनामा अब्बल रहेका साथै यसमा प्रयोग भएका पाट्सहरु संसारकै उत्कृष्ट कम्पनीका रहेको जनाइएको छ ।

कम्पनीका संचालक नारायण गौतमले एक्स आइ स्कुटरको मूल्य दुई लाख ६० हजार, एस५ को दुइ लाख ९९ हजार ९ सय ९९ रुपैया, डी०६ को दुई लाख ३५ हजार र एम२० को एक लाख ८५ हजार मूल्य रहेको जानकारी दिए । त्यस्तै भारतीय प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले मोटरसाइकल रिकल गरेको छ ।

कम्पनीले केही मोडलमा समस्या देखिएपछि मोटरसाइकल फिर्ता मागेको हो ।कम्पनीले हालै लन्च गरेको मेटोर ३५०, बुलेट ३५० र क्लासीक ३५० मा समस्या देखिए पश्चात् रिकल गरेको जनाएको छ । कम्पनीले उक्त मोडलका मोटरसाइकलमा इग्निसन क्वाइलमा समस्या रहेको पत्ता लगाएको हो ।

कम्पनीका अनुसार नयाँ मोटरसाइकलमा यो समस्या देखिए पश्चात हालै बजारमा गएका २ लाख ३६ हजार ९६६ यूनिट मोटरसाइकल फिर्ता मागेको हो ।कम्पनीले बताए अनुसार मेटोर ३५० डिसेम्बर २०२० देखी अप्रिल २०२१ को अबधिमा निर्माण भएको थियो । त्यस्तै, क्लासीक ३५० र बुलेट ३५० भने २०२१ जनवरीदेखि २०२१ अप्रिलसम्म उत्पादन भएकामा समस्या देखिएको हो ।