एमालेको प्रवक्तामा योगेश भट्टराई

काठमाडौं : आठ महिनापछि एमालेमै फर्किएका योगेश भट्टराई एमाले प्रवक्ताको जिम्मेवारी पाएका छन् । उनले बुधबार देखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेको थियो । त्यसपछि बुधबारदेखि भट्टराईले प्रवक्ताका रुपमा काम थालेका हुन् ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघि २०७५ जेठ २ गतेसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्ताको भूमिकामा थिए । मंगलबार च्यासलमा बसेको स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिएका छन् ।

अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्छु : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनुकूल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने बताएका छन् । माधव कुमार नेपाल नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत चलि रहेका बेला एमालेले आयोजना गरेको विषेश पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफू निर्विकल्प नभएको बताएका छन्का छन् ।

सञ्चारकर्मीहरुको एक प्रश्नको जवाफ दिँदै उनले महाधिवेशनसम्म मात्रै आफू निर्विकल्प भएको बता । ‘म महाधिवेशनसम्मका लागि अध्यक्ष हुँ’, ओलीले भने, ‘म अनुकूल समयमा जिम्मेवारी हस्ताक्षरण गर्ने पक्षमा छु ।’ अर्को व्यवस्था नभएसम्मका लागि र अहिले पार्टीमा कसैले चुनौती नदिएकाले अध्यक्ष रहेको उनको भनाइ थियो । ‘महाधिवेशनसम्मका लागि कसैले चुनौती दिएको छैन, दिनुपर्ने अवस्था पनि छैन’, ओलीले भने ।