अमेरिकी सेनाको विमानले काठमाडौंमा ल्याइदियो स्वास्थ्य सामाग्री

एनआरएनए अमेरिकाले पठाएको ३ करोड १६ लाख बराबरको स्वास्थ्य उपकरण र सामाग्रीसहित अमेरिकी सेनाको विमान काठमाडौं आइपुगेको छ ।एनआरएनए अमेरिकाको तर्फबाट को-भि’ड–१९ म’हामारी वि’रुद्धको अभियानमा नेपाल सरकारलाई सहयोग पुर्‍याउन स्वास्थ्य उपकरण र सामाग्री नेपाल पठाइएको हो ।

शुक्रवार अमेरिकाको यु’टाह राज्यको साल्ट लेक सीटीबाट ९ हजार ६ सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन बराबरको स्वास्थ्य उपकरण र सामाग्री लिएर अमेरिकी सेनाको विमान आज काठमाडौं आएको हो ।एनआरएनए अमेरिका र अमेरिकाको सेक्रेटरी अफ डि’फेन्स अन्तरगत अमेरिकी सेना मार्फत सहयोग सामाग्री ढुवानीमा सहमति भएपछि अमेरिकी सेनाको विमानले स्वास्थ्य उपकरण र सामाग्री लिएर आएको हो ।

आगामी दिनमा आपत् – वि’पद्को समयमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाले अमेरिकी सेनाको जहाजमा सहयोग सामाग्री नेपालसम्म निःशुल्क ढुवानी गराउन सक्ने गरी सहमति भएको एनआरएनए अमेरिकाले जनाएको छ ।यो सहमतिसँगै प्रारम्भ भएको निःशुल्क ढुवानी गैर आवासीय नेपाली सङ्घ अमेरिकाको नेपाल र नेपालीको सहयोग अभियानका लागि कोसे ढुङ्गा साबित भएको एनआरएनए अमेरिकाले जनाएको छ ।

अक्सिजन कन्सनटेटर ६४ थान, अक्सिजन पल्स अक्सिमिटर ३० बक्स, भोल्ट स्टेप अप–डाउन ट्रास्फरमर २६ थान, ठुलो परिमाणमा एन ९५ मास्क, केएन ९५ मास्क २ हजार १०८ बक्स, ठुलो परिमाणमा फेस सिल्ड, विभिन्न साइजको सर्जिकल गाउन सुट ११० बक्स, ठुलो परिमाणमा स्वाव टेस्टर, सी प्याप उपकरण १५ बक्स सहित पाँच प्यालेटमा ९ हजार ६सय १० पाउन्ड अर्थात् ४ दशमलव ८ टन सामाग्री नेपाल ल्याइएको हो ।

एनआरएनए अमेरिका, डाइरेक्ट रिलिफ नामको गैर नाफामुलक संस्था, इन्डिया कोभिड एसओएस र डोटेरा इसेन्सियल ओइल युएसएको सौजन्यमा स्वास्थ्य सामाग्रीहरु युटाह नेशनल गार्डको सहयोगमा नेपाल ल्याइएको हो ।को-भी’ड- १९को उपचारमा प्रयोग हुने सामाग्रीहरू ती आजै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।