यिनी हुन् धमेन्द्रकी पहिलो श्रीमती, सनी देवल र बबीले यसरी दिए जन्मदिनको शुभकामना

एजेन्सी। बलिउडका चर्चित अभिनेता धर्मेन्द्रकी पहिलो पत्नी प्रकाश कौर लाइम लाइटबाट टाढा रहन्छिन्।संग उनी मिडियाको अगाडी निकै कम आउँछिन् । सामान्य जीवन विताइरहेकी प्रकाशको जन्मदिनमा उनका दुई छोराले अनौठो तरिकाले जन्मदिनको शुभकामना दिएका छन् ।

धमेन्द्रले प्रकाश संग अलग भएपछि हेमा मालिनीसंग विवाह गरेका थिए ।मिडियामा निकै कम कुराकानी गरेको देखिन्छिन् । प्रकाश कौर १ सेप्टेम्बर अर्थात बुधबार आफ्नो जन्मदिन मनाइरहेकी छिन्। यस अवसरमा उनका छोराहरु सनी देओल र बबी देओलले आमालाई जन्मदिनको अवसरमा विशेष तरीकाले बधाई दिएका छन्।

दुबै जनाले उनीसंग आफ्ना तस्बिरहरु शेयर गरेका छन्। सनी देओलले आफ्नी आमासँग एउटा तस्वीर पनि शेयर गरेका छन्। यो तस्वीरको साथमा क्याप्सनमा सनीले लेखेकी छिन्, ‘जन्मदिनको शुभकामना आमा।’ सनीको यो पोस्टलाई फ्यानहरुबाट धेरै माया पनि मिलिरहेको छ।

थप समाचार – चलचित्र र विज्ञापनको बजारमा सर्वाधिक माग भएकी नायिका हुन्, स्वस्तिमा खड्का ।उनले अभिनय गरेको ‘चपली हाइट ३ र चिसो मान्छे’ रिलिजको प्रतिक्षा गरिरहेका छन् ।

स्वस्तिमालाई लकडाउनको समयमापनि चलचित्रको अफरमा कुनै कमी आएको छैन ।उनले साउथ इन्डियन फिल्म थिरीमालामा अभिनय गर्ने भएपछि झनै चर्चा चुलिएको छ ।स्वस्तिमा विज्ञापन बजारमा पनि उत्तिकै हिट छिन् । पछिल्लो समय विज्ञापनमा सर्वाधिक छाएकी नायिका बनेकी छिन् स्वस्तिमा ।

म्यूजिक भिडियोमा पनि उनको क्रेज गज्जबको छ ।अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग पछिल्लो समय अझ, उनी अभिनित ‘कुरा वुझ्न पर्च’ बोलको तीज गीत हिट भएपछि त स्वस्तिमा झनै दंग छिन् ।

चलचित्र, विज्ञापन र भिडियो बजारले दिएको सफलतालाई एकसाथ अगाडि बढाइरहेकी स्वस्तिमाको चर्चा सामाजिक संजलमा पनि राम्रो छ । उनले समय समयमा तस्बिरहरू शेयर गर्दै फ्यानसँग जोडिएकी छन् ।

स्वस्तिमा खड्का साउथ इण्डियन चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी छिन्। राजिब सेट्टीको निर्देशनमा बन्ने उक्त चलचित्रमा स्वस्तिमा महँगो पारिश्रमिकमा अनुबन्धित भएकी हुन्।