पार्टीमा बस्नुको कुनै औ’चित्य रहेन भन्दै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

काठमाडौं – मीनबहादुर विश्वकर्माले नेपाली कांग्रेसको सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् । कांग्रेसले दलित समुदायको सहभागितालाई प्राथमिकता नदिएको भन्दै उनले राजीनामा दिएका हुन् ।

बुधबार राजीनामा पत्र तयार पारेर उनी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन्। कार्यालय पुग्नअुघि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निवास र प्रवक्ता विश्वप्रकाश शर्मालाई फोनमार्फत् राजीनामाबारे जानकारी गराएको उनले बताएका छन् । नेपाल द’लित संघको केन्द्रीय अध्यक्षसमेत रहेका उनले केन्द्रीय सदस्य र अध्यक्ष पद दुवैबाट राजीनामा दिएको पनि बताए ।

निर्वाचन निर्देशिकाको व्यवस्थामाथि प्रश्न उठाएका उनले कांग्रेसमा द’लित समुदायको सहभागिता शून्य रहेपछि आफू पार्टीमा बस्नुको कुनै औ’चित्य नरहेको भन्दै पदबाट राजीनामा दिएको पार्टी सभापतिलाई सम्बोधन गर्दै बुझाएको राजीनामा पत्रमा उनले उल्लेख गरेका छन् ।

उनले रजनामामा लेखेका छन – नेपाली कांग्रेस पार्टीले स्थापना कालदेखि अभ्यास गर्दै आएको जातीय, क्षेत्रीय, लि’ङ्गीय समावेशीतालाई नवौं महाधिवेशनदेखि क्रमशः स्थानीय वडा तहदेखि केन्द्रीय तहसम्म प्रयोग गर्दै आई एघारौं, बाह्रौं र तेह्रौं महाधिवेशन मा विधान बमोजिम नै प्रत्येक वडावाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ जना र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित प्रावधान गरेको थियो ।

जसको आधारमा कम्तीमा जम्मा जनसंख्याको ८ दशमलव ५ प्रतिशत दलित प्रतिनिधित्व हुँदै आएको थियो । वर्तमान विधानको गलत व्याख्या गर्दै बनाइएको असमावेशी निर्वाचन निर्देशिकाका अतिरिक्त जालझेल पूर्ण तरिकावाट बिना छलफल लागु गरिएको भनिएको निर्वाचन निर्देशिकाले उपत्यका लगायत मुलुकभरका दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा पूर्णतः नि’शेध गर्ने देखिएको छ ।

तर, पार्टीमा सधै ब’र्चश्व रहेको जाती, वर्ग, समुदायको सहभागिता र प्रतिनिधित्वको दर भने वृद्धि भएको देखिन्छ । एघारौं महाधिवेशन सम्माननीय सभापतिज्यू आफैले प्रारम्भ गर्नु भएको “कदमजम“ सिद्धान्तको खिल्ली उडाएकोछ । यसरी प’डयन्त्र मुलक ढंगवाट द’लित स’मुदायलाई अ’पमान र अ’न्याय हुनेगरि लागु गरिने निर्वाचन निर्देशिका नेपाल द’लित संघका लागि मान्य हुन सक्दैन ।

यो प्रवृत्तिले नेपाली कांग्रेस पार्टीमा द’लित समुदायको सहभागिता केहि समय पश्चात नै शुन्य हुने देख्दादेख्दै पनि यस पार्टीको म एक जिम्मेवार सदस्य र यसै पार्टीको सम्बन्धित समुदायलाई सं’गठित गर्ने भा’तृ संस्था नेपाल दलित संघको केन्द्रीय अध्यक्ष हुनुको नाताले यस्तो त्रु’टिपूर्ण,

अ’व्यवहारिक एवं अ’न्यायपूर्ण नीति नियम लागु हुँदा टु’लुटुलु हेरेर वस्न नैतिक रुपले नमिल्ने र नसक्ने भएकोले आजैका मिति देखि लागु हुनेगरि उल्लेखित दुवै पदबाट राजीनामा गरेको छु । साथै, पार्टीको सि’द्धान्त, नीति र आदर्श प्रति प्र’तिबद्धरहि न्या’य, समानता र स्व’तन्त्रताकालागि स’धैव ल’डी रहने प्र’ण गर्दछु । जयनेपाल ।