पोखरा नदिपुरमा जमिन भा’सिदा तीन घरमा क्षती, पोखरा १३ का दर्जनौं घर डु’बानमा

पोखरा । पोखरा नदिपुरमा जमिन भा’सिएको छ ।अविरल वर्षापछि नदिपुरमामा जमिन भासिदाँ तीन वटा घरमा क्ष’ती पुगेको छ ।देउ वहादुर पुन , छवि बहादुर पुन र बल बहादुर पुनको घरमा क्ष’ती पुगेको छ भने सडकको बिचसम्म जमिन च’र्किएको छ ।

पोखरामा बुधवार साँझदेखी भीषण वर्षा भएको थियो । गतसाता मात्रै अविरल वर्षापछि पोखराको महेन्द्रपुलमा जमिन भा’सिएको थियो ।पोखराका नदीपुर, बाटुलेचौर, लामाचौर, चिप्लेढुंगा, गैह्रापाटन, न्युरोड, छोरेपाटन, विन्ध्यवासिनी लगायत क्षेत्र कमजोर रहेकोका कारण जमिन भा’सिने गरेको भु’गर्भविद्हरु बताउँछन् ।

उता निरन्तर वर्षाका कारण पोखरा १३ कमलपोरी क्षेत्रका दर्जनौं घर डु’बानमा परेका छन् । कमलपोखरी आसपासका डु’बानमा परेका घरबाट निस्कनै नसक्ने अवस्था भएको छ । पोखरा १३ का’हुँखोलास्थित पुलमुनि ठूला रुख आएर अ’ड्किएका कारण पानी सडकमा उ’त्रिएको छ ।

पुलमुनि अ’ल्झिएका रुख हटाएर पानी खोल्ने प्रयास भइरहेको छ ।यस्तै काहुँखोलास्थित मुराज एकीकृत कृषि फार्ममा करिब २ मिटर पानी जमेको छ । जसका कारण १ लैनो भैंसी र दर्जनौं हाँस कुखुरा मरे’का छन् ।काहुँखोलामा पानीको ब’हाब बढेसँगै खेत र बस्तीतर्फ पानी पसेको र निकास नभएका कारण सो क्षेत्र डु’बानमा परेको हो ।