तीजको ‘सपिङ’ गर्न गएका दिदीबहिनी श’व बनेर फर्किए

दाङमा बाढीले जीप बगाउँदा ४ जनाको मृ’त्यु भएको छ । १ जना बे’पत्ता भएका छन् ।दाङको सिस्नेखोलाले बगाउदा चार जनाको मृ’त्यु भएको एक जना घा’ईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपालगंजबाट घोराही तर्फ आउँदै गरेको प्र.३–०१–२४ च ४४४० नं. को कार सिस्ने खोला क्रस गर्ने क्रममा खोलामा आएको बा’ढिले ब’गाउँँदा कारमा सवार चार जनाको मृ’त्यु भएको र एक जना घा’ईते भएका हुन्। कारमा सवार घोराही १३ निवासी ३२ बर्षीया शुसिला श्रेष्ठ र १४ निवासी २९ बर्षीया राधिका श्रेष्ठ कुवरको मृ’त्यु भएको छ ।

त्यसैगरी खोलाले ब’गाएर बे’पत्ता भएका घोराही १३ बस्ने ४० बर्षीया रितामाया पुन र १४ की ४० बर्षीया बिमला केसी श’व भेटिएको छ । बे’पत्ता भएकाहरुको श’व बिहीबार बिहान ३ बजे घोराही बेलुवा स्थित खोलाको किनारमा फे’ला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

त्यस्तै कार चालक घोराही उनमहानगरपालिका वडा नं.१५ निवासी ४३ बर्षीय नर बहादुर पुनलाई ब’गाएको स्थान देखि १ किलोमिटर टाढा ब’गिहेको अबस्थामा प्रहरीले फेला पा’री उ’द्दार गरेको थियो । पुनको खुट्टा भाँ’चि’एको र अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भई रहेको छ ।

तीजका सामग्री किनमेल गर्ने भनि चालक सहित पाँच जना कार रिजर्भ गरेर भारतको रुपैडिहा गएका थिए । सामान किन्दा–किन्दा रु’पैडिहाबाट फर्किने क्रममा रात परिसकेको थियो । राती १० बजे सिस्नेखोला पुगे । महिलाहरुको महान पर्वका रुपमा लिइने तीज मनाउन सामान ल्याएर फर्किदै थिए ।

तर, उनीहरुको तीज मनाउने सपना च’क्नाचुर प र्‍यो ‘सिस्ने खोलाले ।’ घोराही उपमहानगरपालिका वडा नं. १३ निवासी ३२ वर्षीया शुसिला श्रेष्ठ र घोराही १४ निवासी ३० वर्षीया राधा श्रेष्ठ दुई बहिनी हुन् । उनीहरु घोराही उपमहानगरपालिका वडा नं. १६ का वडा सदस्य जगत श्रेष्ठका छोरीहरु हुन् ।

उनका दुई जना मात्रै छोरी थिइन् । उनीहरु दुवै जनाको वि’हे भइसकेको थियो । जेठी छोरी शुसिलाका सन्तान छैनन्, तर, कान्छी छोरी राधाको १२ वर्षको एउटा छोरा रहेको वडा सदस्य खीमा घर्तीले जानकारी दिइन ।