फेरि सडकमै पुगिन् रानु मण्डल

मुम्बई(अमर उजाला)– सडकमा उठेर फिल्म उद्योगमा स्टार बन्नु जो’कोहीको भाग्यमा लेखिएको हुँदैन । त्यो शिखरमा पुग्नका लागि लामो सं’घर्षको आवश्यकता पर्दछ । तर कतिपयका लागि चाँडै लोकप्रिय भएर त्यो लोकप्रियतालाई कायमै राख्न निकै सं’घर्ष गर्नुपर्छ ।

कुनै समयमा सामाजिक सञ्जालमा तहल्का नै मच्चाएकी गायिका रानु मण्डल अहिले पुनः सडकमा पुगेकी छन् । एक रेल्वे प्लेटफर्ममा गीत गाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।उनको भिडियो सार्वजनिक भएपछि भारतीय संगीतकार तथा गायक हिमेश रेशमियाले उनलाई त्यहाँबाट उ’द्धार गरेर फिल्ममा गीत गाउन मौ’का दिए ।

तर उनको बलिउड सफलता लामो समय टि’क्न सकेन । अहिले रानु पुनः सडकमै फ’र्किएकी छन् ।हालैमात्र रानुको एक नयाँ भिडियो सामाजिक सञ्जालमा आएको छ । जहाँ उनलाई कार बाहिर माइक बोकेर गीत गाइरहेको देख्न सकिन्छ । उनले पुरानै लुगा लगाएकी छन् ।

यो भिडियो हेरेका दर्शकले अनेकौ प्रतिक्रिया दिएका छन् ।एक हातमा झो’ला बोकेकी रानू अर्को हातमा माइक बोकेकी छन् । एक प्रयोगकर्ताले रानूको घ’मण्डले उनलाई हा’नी पुगेको लेखेका छन् । अर्का प्रयोगकर्ताले रानुलाई कसैले सुन्न र हेर्न मन नपराउने गरेको उल्लेख गरेका छन् ।

रानू पश्चिम बंग’लको राणा घा’टको रेलवे स्टेसनको भिडियोबाट चर्चामा आएकी हुन् । उनले त्यहाँ गायिका लता मं’गेशकरको गीत ‘एक प्यारका न’गमा है’ गाएकी थिइन् ।त्यो भिडियोमार्फत रातारात स्टार भएपछि हिमेशले आफ्नो फिल्म ‘ह्या’प्पी हा’र्डी एण्ड ही’र’मा गीत गाउने मौ’का दिए । त्यसपछि एक फ्यानले रा’नूसँग सेल्फी लिन खोज्दा रानू रि’साएकी थिइन् ।