अमेरिकामा आधीले एकै परिवारका ३ नेपालीको नि’धन

काठमाडौं । अमेरिकामा आ’धीले एकै परिवारका ३ नेपालीको नि’धन भएको छ । अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँ’धी र भी’षण वर्षाका कारण तीन जना नेपालीको नि’धन भएको हो ।

आँधीमा परी मृ’त्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ। न्यूयोर्क शहरको उडसाइड क्विन्समा बस्दै आएका एकै परिवारका ३ जनाले आफू बसेको भूंईं तलामा पानी भ’रिंदा त्यहां क’रेन्टसमेत प्र’वाह भए पछि ज्यान गु’माएको बताइएको छ।

ज’नजाति महासंघ, अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गले भने,‘ पानीको व’हावसंगै क’रेन्ट पनि प्र’वाह भएपछि उहाँहरु भाग्न अ’समर्थ हुनुभएछ।’ आफू बसेको बे’समेण्टमा पानी भरिएपछि नि’स्कने प्रयास अ’सफल हुँदा उनीहरुको ज्यान गएको हो ।यो घटनाको विस्तृत विवरण अझै आइसकेको छैन।

आइडा आँ’धीका कारण न्यूयोर्कमा मात्रै १२ जनाको ज्यान गएको छ भने न्यूजर्सीमा २३ जनाको ज्यान गएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन्। यीमध्ये ३ जना नेपाली मुलका व्यक्ति पनि परेका हुन्। प्रा’कृतिक विपत्तिमा परेका ज्यान गुमाउने परिवारप्रति अमेरिकामा रहेका विभिन्न संघ सं’घठनहरुले समवेदना व्यक्त गर्दै शो’क बक्तव्यहरु जारी गरेका छन्।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृ’त्यु भै सकेको छ ।त्यस्तै न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छन ।