प्रचण्डकी नातिनी स्मिताको हिन्दी गीत सार्वजनिक

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालले हिन्दी गीत सार्वजनिक गरेकी छिन्।

दाहालले शबाब सबरीसँगको संयुक्त गायनमा ‘इबादत बन गए हो’ बोलको गीत सार्वजनिक गरेकी हुन्। दाहाल र सबरीको गायनमा रहेको गीतको म्युजिक भिडियोमा दाहालले नै अभिनय गरेकी छिन्। दाहाल र अर्जुन बिजलानीले अभिनय गरेको म्युजिक भिडियोमा दुई बीचको प्रेमलाई देखाइएको छ।

गीतको शब्द के आर वाहीले लेखेका हुन् भने यसको संगीत गायक सबरीले नै गरेका छन्। म्युजिक भिडियोको निर्देशन भने राजिभ एस रुइयाले गरेका छन्। स्मिताले गाएका ‘मालिंगो’, ‘जोड घटाउ’, ‘मायाले मलाई बोलायो’, ‘मायालु तिमी कता छौं’

लगायतका गीतले उनलाई दर्शक/स्रोतामाझमा स्थापित गराएको छ। भारतीय गायनमा प्रवेश स्मितालाई उनको गीतमा पनि राम्रो प्रतिक्रिया आइरहेको छ। हिन्दी गायनमा उनी कति सफल हुन्छ भन्ने चाहिँ हेर्न बाँकी नै छ। भिडियो