घरमा आराम गरिरहेकी कलाकार पल्पसा डंगोलको मृ’त्युको खबर कस्ले फैलायो

काठमाडौं । यतीबेला घरमा आराम गरिरहेकी हास्यव्यंग्य अभिनेत्री पल्पसा डंगोलको परिवारलाई सोरबार र मंगलबार धेरैले फोन गरेर पल्पसाको अवस्थाबारे जानकारी लिए ।

टिकटक चलाउनै कुनै व्यक्तिले यी पल्पसाको तस्बिरमा ‘श्र’द्धा’ञ्जली’ लेखेर सोमबार टिकटक बनाएपछि धेरैले आ’त्तिँदै उनका परिवारलाई फोन गरेका हुन् । धेरैले उनको टिकटकमा लेखिएको श्र’द्धाञ्ज’लीबारे प्रश्न राख्दा उनका आफ्नाले हैन भनेर प्रस्ट पार्नुपरेको थियो ।

कसैलाई पनि एक्कासी श्र’द्धाञ्जली लेख्दा त्यो व्यक्तिको परिवारदेखि शुभचिन्तकसम्म आत्तिनु स्वाभाविक नै हो । यही समस्या पल्पसा र उनको परिवारले अहिले भोग्नुपरेको छ ।यो प्रसंगमा हास्यव्यंग्य अभिनेत्री पल्पसाले राजधानीसँग भनिन्, ‘टिकटकको भ्युज बढाउने नाममा जि’उँदो मान्छेलाई यसरी हार्दिक श्र’द्धाञ्जली लेखेर भिडियो लोड गर्दा कति पी’डा हुन्छ होला ।

यस्तै पी’डा अहिले म र मेरो परिवारले भो’ग्नुपरेको छ,’ उनले अगाडि थपिन्, ‘म स्वास्थ्य उपचार गराइरहेको बेला टिकटिक चलाउनेहरूले मेरो तस्बिरमा श्र’द्धाञ्जली अर्पण गरेर पटकपटक भिडियो लोड गर्दै मलाई जि’उँदै मा’रिरहेका छन् । गत महिना पनि मलाई यस्तो पी’डा दिइएको थियो र हिजो मंगलबार पनि यस्तै पी’डादायी कार्य टिकटक चलाउनेहरूले गरेका छन् ।’

हास्यव्यंग्य अभिनेत्री पल्पसाले टिकटकमा भ्युज बढाउन यसरी जिउँदै मानिसलाई मा’र्ने काम बन्द गर्न आग्रह गरेकी छन् । यस्तो कार्यले आफूहरूजस्ता बि’रामीलाई मा’नसिक रूपमा साह्रै त’नाव हुने र मनोबल ख’स्कने पनि उनले बताएकी छन् ।अहिलेको अवस्था आफूलाई हौ’सला र साथको आवश्यकता भएको पनि उनको कथन छ ।

हास्य अभिनेत्री पल्पसा डंगोलको स्वास्थ्यमा केही सुधार आएको छ । गत महिना दुईवटै मि’र्गौलाले काम गर्न छाडेपछि काठमाडौंको त्रिविवि शिक्षण अस्पतालमा भर्ना भएकी उनी केही समय उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् । उनले अहिले ग्वार्कोस्थित कि’स्ट अस्पतालमा डाइलसिस गरिरहेकी छन् ।

आफ्नो स्वास्थ्य अवस्थाबारे उनले भनिन्, ‘पहिलाको भन्दा केही सुधार भएको छ । अहिले आफैं नुहाउने, खाना बनाएर खाने तथा सामान्य हिँडडुल गर्न सक्ने भएकी छु ।’करिब एक महिना शिक्षण अस्पताल बसेर घर फर्किएकी उनी पछिल्लो समय कीर्तिपुरको पाँगास्थित माइतमा बस्दै आएकी छन् ।

अहिले सातामा दुईपटक किस्ट अस्पतालमा डाइलसिस गरिरहेको पनि उनले जानकारी गराइन् ।राजधानी दैनिकमा यो खबर छ ।यी अभिनेत्रीले अबको केही समयमा मिर्गौला प्र’त्यारोपण गर्ने पनि बताएकी छन् । एक जना आफन्त मिर्गौला दिन तयार भएको र मिर्गौला प्र’त्यारोपणका लागि अहिले आवश्यक स्वास्थ्य परीक्षण पनि गरिरहेको उनले बताइन् ।

सबै परीक्षण सकिएको र अब आफूहरूको मिर्गौला ‘म्या’चिङ’को परीक्षण यो साता हुने पनि उनले बताइन् । यदि म्या’चिङ भएको खण्डमा आफू मिर्गौला प्र’त्यारोपणको तयारीमा जु’ट्ने पनि उनले जनाएकी छन् ।पाँच वर्षअघि नै एउटा मिर्गौला ख’राब भएपछि पल्पसाले निकै सजगता अपनाउँदै आएकी थिइन् ।

दुई महिनाअघि एक्कासि अर्को पनि मिर्गौलाले काम गर्न छाडेपछि अहिलेको अवस्थामा आफू पु’ग्नुपरेको पल्पसाको कथन छ । तथापि शुभचिन्तकहरूको साथ, हौसला र प्रेरणाले आफ्नो आ’त्मबल उच्च हुँदै गरेको पनि उनले बताएकी छन् ।