ताप्लेजुङका नौ जनप्रतिनिधिले त्यागे एमाले

२० भाद्र २०७८, आईतवार ताप्लेजुङ – ताप्लेजुङमा जिल्ला समन्वय समिति उपप्रमुखसहित स्थानीय तहका नौ जनप्रतिनिधिले नेपाका एमाले पार्टी परित्याग गरेका छन् ।

आइतबार जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर जिल्ला समन्वय समिति उपप्रमुख देवीमाया नेपाली र एक जना वडाध्यक्षसहित नौ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।एकीकृत समाजवादी रोज्नेमा मेरिङ्देन गाउँपलिका–६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू,

जिल्ला समन्वय समिति सदस्य निमातेन्जी शेर्पा, मेरिङ्देन गाउँपालिकाकै विभिन्न वडाका वडासदस्यहरू मानबहादुर लिम्बू, पूर्णबहादुर कामी, गजिन्द्रकुमार नाल्बो, दोर्जी शेर्पा, दिलमाया नेपाली र सूर्यमान बराइली रहेका छन् ।जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार

उनीहरूले नेकपा एमाले परित्याग गर्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । मंगलबारसम्म जनप्रतिनिधिहरूले दल रोज्न पाउने समय भएकाले ताप्लेजुङमा अझै केही जनप्रतिनिधिले एमाले पार्टी छोडेर आफ्नो पार्टीमा सनाखत गर्ने एकीकृत समाजवादीको दाबी छ ।