आज यी नदीमा बाढीको सम्भावना (सूचीसहित)

काठमाडौं- आज महाकाली, कोशी, नारायणी र सहायक नदीहरू विशेषगरी सुनकोशी, त्रिशुली, मर्स्याङ्दी लगायतमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमा महाशाखाले जनाएको छ।

त्यस्तै मझौला नदीहरु बागमती, पश्चिम राप्तीमा बहाब बढ्ने र सतर्कता तह पार गर्ने,बबईमा बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने अनुमान महाशाखाको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुको बहाव बढ्दो रहेको तथा सतर्कता तह भन्दा तलै रहेको छ।

हाल बागमती नदी खोकनामा जलसतह खतरा तह आसपास रहेको, त्यसैगरी पश्चिम राप्ती बागासोतीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ। कन्काई, कमला, पूर्वी राप्ती, तिनाउ लगायतमा बहाब सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।

आज प्रदेश १ को इलाम, संखुवासभा, सोलुखुम्बु, ओखलझा: प्रदेश २ को सप्तरी, धनुषा, महोत्तरी; बागमती प्रदेशको दोलखा, रामेछाप, काठमाडौं उपत्यका, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, चितवन: गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, बाग्लुङ लुम्बिनी प्रदेशको रोल्पा, प्युठान, पर्वी रुकुम, प्युठान, दाङ, बंकि,

बर्दिया; कर्णाली प्रदेशको रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालिकोट, दैलेख, सुर्खेत; सुदुरपश्चिम प्रदेशको दार्चुला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुरा, डोटी, बछाम, कन्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा बाढी आउनसक्ने महाशाखाको पूर्वानुमान छ।